Monday, 15th June, 2026
वि.स.

संस्कृतिको जगेर्नामा मुख्यमन्त्री पौडेल अग्रसर

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल यसपालिको देउसी भैलो कार्यक्रममा सहभागि भए । संस्कृतिको जगेर्ना तथा सहयोगको उदेश्यका साथ मुख्यमन्त्री पौडेल कार्यक्रममा सहभागि भएका हुन् ।

हेटौंडा–१५ रातोमाटेमा रहेको दिव्यसेवा निकेतन जेष्ठ नागरिक आश्रय स्थल (बृद्धाश्रम) को सहयोगार्थ मदन भण्डारी फाउण्डेशनद्धारा आयोजित देउसीभैलो कार्यक्रममा फाउण्डेशनका केन्द्रीय सदस्य समेत रहेका मुख्यमन्त्री पौडेल सहभागि भएका थिए । आश्रय स्थलमा आश्रय लिएर बसेका जेष्ठ नागरिकहरुको उपचारकोलागि सहयोगार्थ फाउण्डेशनले हरक वर्ष कार्यक्रम आयोजना गर्ने गरेको छ । आश्रयस्थलमा आश्रय लिनुभएका जेष्ठ नागरकको उपचारका लागि फाउण्डेशनले यो वर्ष पनि कार्यक्रम आयोजना गरेको फाउण्डेशनका जिल्ला अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिइ । सधैं संग जनतासंगै रमाउन रुचाउनुहुने मुख्यमन्त्री पौडेलले नेपालको मौलिक संस्कृति तिहारको देउसी भैलोमा संस्कृतिको जगेर्नाका लागि कार्यक्रममा सहभागि भएका थिए ।

कार्यक्रममा मुख्यमन्त्री पौडेल, पुर्व सांसद मुकुन्द न्यौपाने, केदार न्यौपाने, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा–९ का वडाअध्यक्ष लक्षमण प्रसाद भण्डारीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमबाट हाल सम्म ३ लाख २५ हजार रुपैयाँ संकलन भएको छ ।