nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

संजिवले परीक्षा दिए, नतीजा सुन्न पाएनन्
टिस्टुङ दुर्घटना

TISTUNG-1521769075.jpg

परिक्षा सकिएको ३ दिन मात्र भएको थियो, अब पर्खाइ थियो नतीजाको । तर, नतीजा   सुन्न नपाउँदै मृत्युवरण गर्नुप¥यो । विहीबार अपरान्ह थाहा नगरपालिकाको टिस्टुङ एकाएक शोकमा डुब्न पुग्यो । 

थाहा–११ टिस्टुङ देउरालीका संजिव तितुङको विहीबार थाहा–१२मा पर्ने काफलडाँडानजिक भएको सवारी दुर्घटनामा ज्यान गयो । उनी नौखण्डेको बागेश्वरी माविमा कक्षा ९ मा अध्ययनरत थिए ।  उनले चलाएको बा ९३ प १२४६ नं. को स्कुटरलाई विपरित दिसाबाट आएको ना ६ ख १९०६ नं. को १२ चक्के ट्रकले ठक्कर दिएको थियो । 

स्थानीयका अनुसार संजिव देउरालीबाट नौखण्डेसम्मका लागि भनेर साथीको स्कुटर लिएर गएका थिए । नौखण्डेमा उनको भेट एसइइ परिक्षा दिन बसेका विकास घलानसँग भयो । मकवानपुर र धादिङको सीमाना नजिक पर्ने थाहा–१२ गैरीगाउँ घर भएका विकास नौखण्डेमा वागेश्वरी माविकै होस्टेलमा बस्ने गर्छन् । नौखण्डेबाट संजिव र विकास दुबै गैरीगाउँतर्फ जाँदै थिए । संजिवले स्कुटर चलाएका थिए । वागेश्वरी माविमा ८ कक्षामा अध्ययनरत नेपाल लामाका अनुसार संजिवले दुई–तीन वर्षदेखि नै मोटरसाइकल चलाउँदै आएका थिए 

दूर्घटनामा विकास घाइते भएका छन् । उनको ३ वटा दाँत भाँचिएको छ । उपचारका लागि उनलाई पालुङ प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएकोमा थप उपचारका लागि काठमाण्डौं पठाइएको छ । ‘अरु दख्खल त एक्स रे गरेपछि थाहा हुन्छ, तर अवस्था समान्य छ’ विकासको उपचारमा संलग्न पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका डा. मोनिष्मा मल्लले भनिन् । 

विकासको एसइइको परिक्षा बिहीबारबाटै शुरु भएको हो । बज्रवाराही मावि केन्द्रबाट परिक्षा  दिइरहेका विकास विहीबार बज्रवाराही मावि केन्द्रमा अँग्रेजी विषयको परिक्षा दिएर नौखण्डेस्थित विद्यालयको होस्टेलमा फर्किएका थिए । होस्टेलमा कपडा फेरेर संजिबसँगै स्कुटरमा  घरतर्फ लागेका उनीहरु केहीबेरैमा दुर्घटनामा परे । 

स्कुटरलाई ठक्कर दिने ना ६ ख १९०६ नं. का चालक फरार छन् । दुर्घटनालगत्तै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले गाडी नियन्त्रणमा लिएर पालुङ इलाकामा ल्याएको छ ।  

उपचारका लागि काठमाण्डौं लगिएका विकासलाई एसइइको परीक्षामा कसरी सहभागी गराउने भन्ने छलफल चलिरहेको वागेश्वरी माविका प्रधानाध्यापक बिरमान स्याङ्तानले बताए  । ‘मैले  केन्द्राध्यक्षसँग कुराकानी गरें, एसइइको परीक्षा भएकाले ‘एब्सेन्ट’ नै हुने भयो, शुक्रबारको परीक्षामा कसरी सहभागी गराउने भन्ने सोचिरहेका छौं,’ प्रअ स्याङ्तानले भने । विकासको शुक्रबार नेपाली विषयको परिक्षा छ । 
    
    



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)