nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

संखुवासभा पहिरो : ११ बेपत्ता, ४ जनाको जीवितै उद्धार

sankhuwasava-1594536066.jpg

संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा हराइरहेकाहरुको पहिचान खुलेको छ । पहिरोले ८ घर बगाएको छ भने ११ जना सम्पकविहीन छन् । ४ जनालाई स्थानीयले जीवितै उद्धार गरेका छन् । 

प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार पहिरोमा राममान राई, हस्तीकुमारी, एन्जीला, नम्रता, गोरीमाया, प्रकृति, जुद्धबहादुर उत्तरकुमारी, नरमाया, हर्कधन र आईतमाया राई हराइरहेका छन् । स्थानीय बासिन्दा हस्तमान राईका अनुसार पहिरोमा परेर घाइते भएका गोवासिंह राई, भीमसरी राई,फुलमाया र भीमबहादुर राईलाई सकुशल उद्धार गरिएको छ । गाँउलेहरुका सहयोगमा उनीहरुलाई उद्धार गरिएको हो । अहिले पनि पहिरो गएको स्थानमा पानी परिरहेको छ । यसैगरी दमका रोगी मदन राई हृदयघात भएर मृत्यु भएको आशंका गरिएको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

पहिरोले राममान राई, जुद्धबहादुर, माने, जुद्धबहादुर गैरी, नगमाया, सन्दिप, भीमबहादुर, शिवधन र हर्कधन राईको घर बगाएको प्रहरीले जनाएको छ । अविरल वर्षापछि आइतबार बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ बगाएको हो । घटनास्थलमा सिसुवा र ताम्कुबाट प्रहरी परिचालन गरिसकिएको प्रहरी नायब उपरीक्षक मल्ले बताए । उनीहरु पनि घटनास्थल पुगिसकेका छैनन् । घटनास्थल विकट र सडक सञ्जाल समेत नभएको स्थानमा भएकाले प्रहरी पुग्न समय लाग्ने उनले बताए ।

सदरमुकाम खाँदबारीबाट सेनाको बराह दल गुल्म, सशस्त्र प्रहरी र प्रहरी निरीक्षक सन्तोष राईको टोली विपत् व्यवस्थापन, खोज तथा उद्धार सामाग्रीसहित घटनास्थलतर्फ हिडिँसकेका छन् । उनीहरुलाई घटनास्थल पुग्न कम्तिमा १२ घन्टाभन्दा बढी लाग्छ । त्यस्तै, ताम्कुबाट पनि सेनाको टोली र स्वास्थ्यकर्मीको टोलीऔषधिसहित घटनास्थलतर्फ लागेका छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg