Tuesday, 16th June, 2026
वि.स.

थाहानगरको संक्रमित बालकसँग सम्पर्कमा रहेका ११ जना आइसोलेसनमा

hetauda-1589695032.jpg

थाहानगरपालिका वडा नंबर ७ निवासी बालक काठमाण्डौमा कोरोना संक्रमित पाईएपछि उनको सम्र्पकमा आएका ११ जनालाई हेटौँडाको कोरोना आइसोलेसन वार्डमा लगिएको छ ।

आफ्नो घर आएका  बालक गत बैशाख ३० गते तरकारी बोक्ने गाडीमा काठमाण्डौा गएका थिए । काठमाण्डौँमा जाँच गर्ने क्रममा उनमा पोजेटिभ देखिएपछि उनी थाहा नगरमा रहँदा सम्पर्कमा आएका ११ जनाको स्वाव परिक्षाको लागि आज हेटौँडामा रहेको आइसोलेसनमा पठाईएको र  आज साँझसम्म अन्य ब्यक्तिहरुको रिर्पोट आइसक्ने थाहा नगरपालिकाका मेयर लबसेर विष्टले बताए ।

थाहा नगरपालिकाको बालकमा कोरोनाको जानकारी पाएपछि आफुहरु सतर्क रहेको भन्दै उनले उक्त क्षेत्रको विषेश निगरानी गरेको समेत बताए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०