nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

श्रमीकलाई कोरोना खोप उपलब्ध गराउन रेष्टुरेण्ट व्यवसायीको माग

r-byabasayi-1623653600.jpg

 रेष्टुरेण्ट व्यवसायीले रेष्टुरेण्ट क्षेत्रमा कार्यरत मजदुरलाई कोरोना खोप माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङंलाई ज्ञापन पत्र बुझाएकाछन् ।

लक डाउनले आर्थिक मारमा परेको  रेष्टुरेण्ट क्षेत्रमा कार्यरत मजदुरले खोप नपाउँदा दोहोरो मार परेको भन्दै व्यवसायीले स्वास्थ्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
‘कोरोनाले रेष्टुरेण्ट व्यवसाय तथा यसमा आवद्ध श्रमीकहरु विशेष मारमा परेको र जीवनयापन गर्न असहज वातावरण सिर्जना भएको जानकारी गराउँदै उनीहरुको हक हित र सुरक्षाका लागि सम्पूर्ण श्रमजीविलाई यथाशिघ्र प्राथमिकतामा राखेर कोभिड खोप उपलब्ध गराउन माग गर्दछौं,’ ज्ञापनपत्रमा लेखिएको छ ।

स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै द बर्गर हाउस एण्ड क्रन्चि फ्राईड चिकेन समुहका संस्थापक वसन्त लामाले भने, ‘गत वर्षदेखि नै हामी लक डाउनको मार खेपिरहेका छौ । त्यसमाथि हाम्रा श्रमजीविले समयमै खोप नपाउँदा हाम्रो व्यवसाय र लाखौं मानिसको जीवन असुरक्षित भएको छ ।’

विभिन्न उमेर समुह र फ्रन्ट लाईनरले खोप पाउँदा मुलुकको आर्थिक क्षेत्रमा ठूलो योगदान गर्ने रेष्टुरेण्ट क्षेत्रलाई भने ओझेलमा पारिएको प्रति गुनासो पनि गरेकाछन् ।

‘हाम्रा श्रमजीविले समयमा खोप नपाउँदा हाम्रो व्यवसायसंगै मजदुर र करोडौं उपभोत्ताको पनि जीवन जोखिममा परेको छ,’ व्यवसायी पासांग घिसिगंले सुनाए ।
ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री तामाङले अबको चरणमा रेष्टुरेण्ट र पर्यटन क्षेत्रका मजदुरलाई विशेष प्राथमिकतामा राखिने बताए ।

उनले भने, ‘पहिलो चरणमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उमेर समुह र फ्रन्ट लाईनरलाई खोप लगायौं । अबको चरणमा रेष्टुरेण्ट र पर्यटन क्षेत्रका मजदुरलाई विशेष प्राथमिकतामा राखिनेछ ।’ रेष्टुरेष्ट व्यवसायी र त्यस क्षेत्रमा कार्यरत मजदुरलाई खोप लगाउने विषयमा मन्त्रालय छलफल गरिरहेको समेत बताए ।

होटल तथा रेष्टुरेण्टबाट ६ लाख भन्दा धेरै मानिसले प्रत्यक्ष रोजगारी पाएकाछन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)