Tuesday, 16th June, 2026
वि.स.

शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

samsad-1593592934.jpg

 प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ।

बुधबार दिउँसो १ बजे बसेको संसद बैठक कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो। मुटुसम्बन्धी रोगबाट पीडित सांसद छन्त्यालको बुधबार बिहान उपचारका क्रममा गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा निधन भएको थियो।

बागलुङकी कांग्रेस नेतृ छन्त्याल कांग्रेसको तर्फबाट समानुपातिक सांसद बनेकी थिइन्। प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते १ बजे बस्नेछ।

यस्तै, राष्ट्रियसभा बैठक पनि सांसद छन्त्यालको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०