Saturday, 27th July, 2024
वि.स.

शैक्षिक उपलब्धी वृद्धि गर्न तालिम

बालमैत्री कक्षा सृजनशील सिकाइ कार्यक्रमअन्तर्गत् जिल्लास्थित १२ विद्यालयका प्रधानाध्यापक तथा फोकल शिक्षकलाई तालिम प्रदान गरिएको छ । 
बालबालिकाको शैक्षिक उपलब्धी कसरी वृद्धि गर्न सकिन्छ, अनुपस्थित बालबालिकालाई कसरी नियमित उपस्थित गराउने, विद्यालयमा अन्तत्र्रिmयात्मक तथा मनोरञ्जनात्मक तरिकाबाट कसरी शिक्षण सिकाइ हुनसक्छ भन्ने उद्धेश्यले पाँच दिवसीय तालिम प्रदान गरिएको पशुपति मावि हाँडीखोलाले खबर पठाएको छ । 

ग्लोबल एक्सन नेपाल मकवानपुरको आयोजनामा जिल्ला शिक्षा कार्यालय तथा जनज्योति स्रोतकेन्द्रको सहकार्यमा आवर संसारको सहयोगमा बुधवारदेखि शनिवारसम्म हेटौंडामा तालिम प्रदान गरिएको ग्लोबलका कार्यक्रम संयोजक मञ्जु लोहनीले जानकारी दिइन् । 

ग्लोबलले हाँडीखोला, मनहरी र जनज्योति स्रोत केन्द्रका गरी ३६ विद्यालयमा १ वर्षदेखि बालमैत्री कक्षा सृजनशील सिकाइ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।