Thursday, 4th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

शुभकामना तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम

मकवानपुर अाग्रा-२मा रहेकाे सुन्दरवस्ती युवा समाजकाे अायाेजनामा दशैं विशेष शुभकामना तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम असाेज २४ गते सम्पन्न भएकाे छ । पूर्व सेनानी पूर्णबहादुर कार्कीकाे प्रमुख अातिथ्य तथा समाजसेवी नारायणबहादुर कार्कीकाे विशिष्ट अातिथ्यमा भएकाे कार्यक्रममा शुभकामना अादानप्रदान गरिएकाे थियाे । साे अवसरमा ८५ बर्ष माथिका नरबहादुर थापा, माइली कार्की, पूर्णबहादुर कार्की, खड्गकुमारी मल्ल, अमरबहादुर परियार र श्रीमान् परियारलाई सम्मान गरिएकाे थियाे। कार्यक्रम सुन्दरवस्ती युवा समाजका अध्यक्ष बिष्णुप्रसाद अर्यालकाे सभाध्यक्षतामा भएकाे थियाे ।