nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

शिखरकोट बजार व्यवस्थापन समितिको सह्रानीय काम, यहाँबाट पनि सिक्ने कि ?

bazzar1-1587088965.jpg

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारले गरेको लकडाउनलाई पूर्ण कार्यान्वयन ल्याउन स्थानीयहरु अग्रसर भएका छन् । थाहा नगरपालिका वडा नम्बर ३ र ४ को शिखरकोट क्षेत्रका पसल व्यवशायीहरु तथा स्थानीयहरुलाई लकडाउन परिपालना गराउन शिखरकोट बजार व्यवस्थापन समिति अघि सरेका हुन् । 

नव जागृत पुस्तकालयमा भएको शिखरकोटमा बजार ब्यवस्थापन समितिको बैठकले विभिन्न निर्णयसहित लकडाउन परिपालना गर्नको लागि नियम बनाएको छ । बैठकले थाहानगरको प्रमुख बजार शिखरकोटमा सवारी पास बिना नै गुडी रहेका अटो, मोटरसाइकललाई स्थानीय प्रशासनको मद्दत लिएर नियन्त्रण गर्ने, स्थानीय सरकारले तोकेको समयमा मात्र पसलहरु खोल्न दिने, सामान बिक्री गर्दा सामाजिक दुरीलाई कायम गर्न लगाउने, किनमेलको नाममा अनावश्यक बजारमा जम्मा भएर बस्नेहरूलाई सम्झाउने, त्रिभुवन राजपथ भएर गुडिरहेको सवारी साधानमा तोकिएको भन्दा बढी यात्रु (२ जना भन्दा बढी ) बोक्न नदिने निर्णय गरेको छ । त्यस्तै नगर बाहिरबाट आएको वा ल्याईने तरकारी जन्य उत्पादनको बिक्री वितरणलाई नियमन गर्ने, सकेसम्म लकडाउनको अबधि भर आयातलाई निरुत्साहित गर्नेलगायतको निर्णय भएको बजार ब्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझीले बताए । 

बजार व्यवस्थापन समितीको निर्णय समितिले माइकिङ गरेर जानकारी गराउने गरेको छ । समितिले पसलमा हुने किनमेललाई ब्यवस्थित गराउन खाद्यान्न, तरकारी, डेरी तथा औषधि पसलहरुमा सेतो घेरा समेत कोरेको छ । नगरपालिकाकाकै एक अंगको रुपमा रहेको बजार व्यवसथापन समितिको कार्य असाध्यै राम्रो भएको नगरपालिकाका प्रमुख लवशेर विष्टले प्रतिक्रिया दिए । आवश्यक स्थानमा प्रशासनको मद्दत लिएर यसरी नै सबै टोल, गाउँ तथा बजारमा सबै सक्रिय भए लकडाउन प्रभावकारी भई महामारी नियन्त्रणमा सघाउ पुग्ने प्रमुख विष्टको विश्वास छ । 

बैठकमा नेकपा थाहानगरका अध्यक्ष अरुण रायमाझी, थाहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजेश केसी, फरक सोचका अभियान्ता यादब जंग रायमाझी, बजार व्यवस्थापन समितिका पदाअधिकारीहरुलगायतकाको सहभागिता रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)