nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

शान्ति चोक टोल बिकास सस्थाको नबौ साधारण सभा

ttttt-1532767437.jpg

शान्ति चोक टोल बिकास सस्थाको नबौ साधारण सभा हेटौंडा ९ का वडा अध्यक्ष लक्ष्युमन भन्डारिको प्रमुख आथित्यमा सम्पन्न भएको छ । शान्ति चोक टोल बिकास सस्थाका अध्यक्ष बद्री आचार्यको सभाअध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मिरा पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा सस्थाले २०,२८,४३८/७० को आय ब्यय प्रस्तुत गरेको थियोे ।

सस्थाले आगामी दिनमा एक घर एक सदस्य बनाउन पहल गर्ने , टोल बिकास सस्थाले बेरोजगार महिला तथा पुरुषलाई तालिम तथा सामुहिक लगानीमा आय मुलक कार्यक्रमका लागि लगानी गर्ने जनाएको छ । कार्यक्रमका प्रमुख अथिती लक्ष्मन भन्डारीले टोल बिकास सस्थाले आफ्नो टोलको सम्पुर्ण विवरण राख्नु पर्ने तथा बिकास निर्माण तथा आयमुलक कार्यक्रमका लागि सक्दो सहयोग गर्ने बताउनु भयो । उहाले सर्वजनिक जग्गाको संरक्षन गर्नु पर्नेमा जोड दिदै आफ्नो टोल बिकास सस्था को क्षेत्र भित्रको सर्बजनिक जग्गा को पहिचान गर्नु पर्ने बताउनु भयो ।

टोल बिकास नगर समन्वय समिति ,वडा समन्वय समिति छिमेकी टोल बिकास सस्थाका प्रतिनिधिहरु को उपस्थिति रहेको कार्यक्रमको संचालन संस्थाका सचिब केशव कार्की ले गर्नु भएको थियो



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)