Monday, 15th June, 2026
वि.स.

वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गर्नेलाई पुरस्कार

rojgar-1584259342.jpg

के तपाईं वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसाय सञ्चालन गरिरहनुभएको छ? यदि हुनुहुन्छ भने तपाईं राष्ट्रिय स्तरको पुरस्कारको लागि आवेदन दिन सक्नुहुन्छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरिरहेका उद्यमीहरुलाई उनीहरुको योगदानको कदरस्वरुप पुरस्कृत गर्न लागेको हो ।

‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६’ अनुसार पुरस्कार प्रदान गरिने मन्त्रालयले जनाएको छ । श्रमिक भिसामा विदेश गई कम्तिमा एक वर्ष काम गरी फर्किएर व्यवसाय गरेकाहरुले आवेदन दिन सक्छन् । चैत २३ गतेभित्र आवेदन भरेर पठाइसक्नुपर्ने मन्त्रालयले जनाएको छ । 

आवेदन दिन चाहनेले कार्यालय समयभित्र मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन सक्नुहुन्छ । तथा मन्त्रालयको वेबसाइटमा गएर आवेदनका ढाँचा डाउनलोड गरी त्यहीअनुरुप मन्त्रालयको  इमेलमा पठाउन सक्नुहुन्छ ।

आवेदनसँगै नेपाली नागरिकताको प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि, भिसा सहितको पासपोर्टको प्रतिलिपि पनि अप्रमाणित निवार्य पेश गर्नुपर्ने हुन्छ । यस्तै व्यवसाय दर्ता र नवीकरण प्रमाणपत्रको प्रतिलिपि, कर दर्ता प्रमाणको प्रतिलिपि, आर्थिक वर्ष २०७५र७६ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि र यसअघि मन्त्रालयबाट पुरस्कार प्राप्त नगरेको स्वघोषणा पनि साथमा पठाउनुपर्नेछ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

rojgar-1584259344.jpg