Tuesday, 16th June, 2026
वि.स.

वीरगञ्ज र बुटवलमा थप दुई कोरोना संक्रमितको मृत्यु

btwkl-1598330851.jpg

वीरगञ्ज र रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५५ वर्षका कोरोना संक्रमित पुरुषको गए राति भीम अस्पतालमा मृत्यु भएको हो। उनमा चार दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो। उनी लडेर घाइते भएपछि उपचारको लागि अस्पताल जाँदा कोरोना संक्रमण देखिएको थियो। योसँगै रुपन्देहीमा कोरोना संक्रणको कारण मृत्यु हुने संख्या ६ पुगेको छ।

यसैबीच वीरगञ्जस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा दुई दिन अघि मृत्यु भएका ६८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। पर्साको जिराभवानी गाउँपालिका–४ घर भएका उनको आइतबार राति १० बजे मृत्यु भएको थियो।

मृत्युपछि नारायणी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो। गएराति उनको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

उनमा मुटुको समेत समस्या रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन्। मंगलबार ज्यान गुमाउने दुईसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ५९ पुगेको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०