Saturday, 20th June, 2026
वि.स.

विसिङ्खेलको चम्पेश्वरमा अभिभावक भेला

Champe-1612104973.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १० विसिङ्खेलमा रहेको चम्पेश्वर आधारभूत विद्यालयमा अभिभावक भेला तथा अर्धवार्षिक परीक्षाको परीक्षाफल प्रकाशन कार्यक्रम भएको छ । 

अभिभावकहरुको भेलासहित भएको कार्यक्रमको अवसरमा विद्यार्थीहरुको अर्धवार्षिक परीक्षाफलको विषयमा छलफल भएको थियो । सो अवसरमा ५ कक्षा सम्मका विद्यार्थीका लागि विद्यालयमा खाजा खुवाउने कार्यक्रम शुरु गर्ने विषयमा पनि छलफल भएको प्रधानाध्यापक बिनोद सुवेदीले जानकारी दिए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर गोपालीको सभाध्यक्षतामा सम्पन्न भएको भेलामा विद्यालयका अभिभावक, बालबालिकाहरु तथा शिक्षाप्रेमहिरुको उल्लेख्य उपस्थिती रहेको थियो ।