Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

विश्व प्रेस स्वतन्त्रता दिवसमा हेटौंडामा प्रभातफेरी

Press-1556868188.jpg

नेपालपत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा विश्व प्रेस स्वतन्त्रता दिवसका अबसरमा आज हेटौंडामा प्रभातफेरी कार्यक्रम गरिएको छ । प्रत्येकवर्ष मे ३ का दिनविश्वभर विश्व प्रेस स्वतन्त्रतादिवस मनाइँदै आएको छ । ने

हेटौंडाको सिमा चाेकबाट निकालीएको प्रभातफेरी बुद्धचोक, पिपलबोट, मकवानपुर उद्योग बाणिज्यसंघ हुँदै पुन: सिमाचोकमाआएर कोण सभामा परिणत भएको थियो ।

नेपालपत्रकार महासंघमकवानपुर शाखाले ‘लोकतन्त्र र शान्तिकालागि मिडियाः इन्टरनेटको युगमापत्रकारिता र निर्वाचन’भन्ने नाराका साथविश्व प्रेस स्वतन्त्रतादिवस मनाएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश-३ का महासचिब कृष्ण सारु मगर, मकवानपुरका अध्यक्ष हरि हुमागाई,  मकवानपुरका पुर्ब अध्यक्ष राममणि दाहाललगायतले बोलेका थिए ।

कार्यक्रममा ब्रोकाष्टिङ एसोसियशन नेपाल बानका उपाध्यक्ष उज्वल चौलागाई, पत्रकार महासंघ मकवानपुरका पुर्ब अध्यक्षहरु नबराज शर्मा, कौशल पाण्डे लगायतकाको उपस्थिती रहेको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०