Monday, 15th June, 2026
वि.स.

विश्वभर कारोनाको कारण मृत्यु हुनेको संख्या २ लाख ४४ हजार नाघ्यो

corona-1588489192.jpg

कोरोना भाइरस ९कोभिड(१९० संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर २ लाख ४४ हजार ५ सय ९६ पुगेको छ। शनिबार मात्रै कोरोना संक्रमणबाट ५ हजार १ सय ४८ को मृत्यु भएको छ। आइतबार बिहान ६ बजेसम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितको संख्या ३४ लाख ७९ हजार ८ सय ७५ पुगेको छ। गएको २४ घन्टामा विश्वरभ ८१ हजार ७ सय ८१ जना नयाँ संक्रमित थपिएका वल्र्डओमिटरले जनाएको छ। संक्रमितमध्ये अहिलेसम्म ११ लाख ८ हजार ६५ जना उपचारपछि निको भएका छन्। गएको २४ घन्टामा अमेरिकामा कोरोना संक्रमणबाट १६ सय ४३ जनाले ज्यान गुमाएका छन्। योसँगै अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७ हजार ३ सय ९६ पुगेको छ।

अमेरिकामा संक्रमितको संख्या ११ लाख ५९ हजार ५ सय ६४ पुगेको छ भने १ लाख ६० हजार ७ सय ५ जना उपचारपछि निको भएका छन्। त्यसैगरी युकेमा शनिबार ६ सय २१ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् भने इटालीमा ४७४ जनाको ज्यान गएको छ।

त्यसैगरी शनिबार ब्राजिलमा ३४०, इक्वेडरमा ३०८, स्पेनमा २७६, क्यानाडामा १७५, मेक्सिकोमा ११३, फ्रान्समा १६६, जर्मनीमा ७६, टर्कीमा ७८, नेदरल्यान्डमा ९४, इरानमा ६५, रसियामा ५३, बेल्जियममा ६२, पेरुमा ७६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। अहिलेसम्म कोरोना संक्रमणको कारण इटालीमा ज्यान गुमाउनेको संख्या २८ हजार ७ सय १० पुगेको छ भने स्पेनमा २५ हजार १ सय, युकेमा २८ हजार १ सय ३१, फ्रान्समा २४ हजार ७ सय ६९ जनाको ज्यान गएको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०