Sunday, 30th August, 2026
वि.स.

विश्वका होचा व्यक्ति खगेन्द्र थापामगरको निधन

विश्वकै होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापामगरको मृत्यु भएको छ । शुक्रबार पोखरामा उपचारका क्रममा २८ वर्षको उमेरमा मृत्यु भएको हो।

खगेन्द्र विश्वकै होचा व्यक्तिको रुपमा २०६७ असोजमा गिनिज बुक अफ दि वर्ल्ड रेकर्डसमा नाम लेखाउन सफल भएका थिए। उनले विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका चाइनाका पीङपीङको रेकर्ड तोड्दै ८ महिना विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका थिए।

स्वास्थ्यमा समस्या आएपछि पोखरामा मणिपाल शिक्षण अस्पतालमा बिहीबारदेखि उपचार गराइरहेका थापाको शुक्रबार दिउँसो मृत्यु भएको खगेन्द्र थापा मगर प्रतिस्ठानका अध्यक्ष मीनबहादुर राना मगरले बताए। निमोनियाका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

बागलुङको धुल्लुवासकोटका खगेन्द्रले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाएका थिए। २२ दशमलव ०४ इन्च उचाइ रहेका थापा १८ वर्षको उमेमा विश्व रेकर्ड कायम गरेका थिए।

खगेन्द्र पोखराको सिर्जनाचोकका बुवा रुपबहादुर थापा मगर र आमा धनमाया थापा मगरका साथ बस्दै आएका थिए। २०४९ असोज १८ गते जन्मेका थापा जन्मदा ६ सय ग्रामका मात्र थिए। उनको वजन ५.५ किलो ग्राम मात्र थियो।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०