nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

विरोधपछि बल्ल चित्लाङ चन्द्रागिरीको बाटो खुल्यो 

चित्लाङ–थानकोट जोड्ने गणेशमान मार्गमा सवारी आवागमन शुरु भएको छ ।

सडक निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेको भन्दै चित्लाङका स्थानीयले बिरोध गरेपछि निर्माण कम्पनीले बाटोको ट्रयाक ५ जेठबाट खोलिदिएको हो।  ट्रयाक खोलेसंगै साना सवारीसाधनहरु काठमाण्डौं सोही बाटो भएर संचालन हुन थालेका छन् । यसअघि पनि स्थानीयको चर्को दबाबपछि गतएको दशै र तिहारमा पनि ट्रयाक खोलिएको स्थानीय निर्मल बलामीले जानकारी दिए । 

आक्रोशित युवाहरुको समूहले ३ चन्द्रागिरीको बाटो निर्माणस्थलमै पुगेर विरोध गरेका थिए । विरोधपछि निर्माण कम्पनीले रातारात काम गरेको बलामीले जानकारी दिए । स्थानीयले बाटोमा रहेको ढुंगामुढाहरु हटाउँदै एक साताभित्र ट्रयाक खोल्न अल्टिमेटम समेत दिएका थिए । साढे २२ किमीको यो सडक मर्मतको पछिल्लो काम आव २०७१/०७२ देखि शुरु गरिएको थियो । 

२०७५ माघ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले यो सडक स्तरोन्नतीको काम केन्द्रिय सरकारले गर्ने निर्णय गरेको थियो । यो सडक स्तरोन्नतीका लागि करिव एक अर्ब १३ करोड रुपैंया लागत अनुमान गरिएको छ ।