Thursday, 4th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

विपद् जोखिम न्यूनीकरण दिवसमा चेतनामूलक कार्यक्रम

Bipad-Jokhim-Nyunikaran-D-1475370458.JPG

अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको अवसरमा मकवानपुरको बिभिन्न बिद्यालयमा चेतनामूलक कार्यक्रम गरिएको छ । प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा सामूदायिक उर्जा तथा पर्यावरण बिकास मञ्च, मकवानपुरले कार्यक्रम आयोजना गरेको हो ।
दिवसको अवसरमा मकवानपुरको फापरबारीको जनता उच्च माबि, सुकौराको जनता माबि, गढीको वंशगोपाल माबि, ठिङ्गनको कान्ति माबि लगाएतका बिद्यालयमा कार्यक्रम गरिएको छ । बिजेता ४ जनालाई भेष्ट र शैक्षिक सामग्री पुरस्कार प्रदान गरेको थियो ।
जनता उच्च माध्यमिक बिद्यालय, फापरबारीमा चेतनामूलक एकल र समूह नृत्य प्रतियोगिता भएको छ । १५ जना प्रतियोगीमध्ये एकल नृत्यतर्फ पूर्णिमा थोकर प्रथम, राजन स्याङ्तान दोश्रा, कविराज लोप्चन तेश्रा र संगिता सिँगार सान्त्वना भएका थिए ।
१२ प्रतियोगीमध्ये समूह नृत्यतर्फ प्रेम नेगी, मनोज राई, सीता राई र बाबुलाल बोम्जनको समूह क्रमशः प्रथम, दोश्रा, तेश्रा र सान्त्वना भएका थिए । प्रथमलाई एक हजार पाँच सय, दोश्रालाई एक हजार, तेश्रालाई पाँच सय र सान्त्वनालाई तीन सय ५० रुपैँया प्रदान गरियो । पुरस्कार रकम शिक्षकहरु देवकुमारी आले, उद्धवप्रसाद गौतम, जीवन कार्की र रामचन्द्र फुँयालले प्रदान गर्नुभएको थियो ।
कार्यक्रम जनता उच्च माबिका प्राचार्य बशन्त राईको प्रमुख आतिथ्य तथा बिद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक रामबहादुर थोकरको अध्यक्षतामा भएको थियो । बिद्यालयका निवर्तमान सदस्य फणिन्द्र तिमल्सिनाको बिशेष आतिथ्य रहेको कार्यक्रममा शिक्षकहरु देवकुमारी आले, दीपक घिमिरे र सविता लामाले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रममै, विश्व साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित अन्तरकक्षा स्तरीय छात्र तथा छात्रा फूटबल प्रतियोगिताको बिजेतालाई मेडल र नगद पुरस्कार प्रदान गरिएको थियो ।
विपद् जोखिम न्यूनीकरण दिवसकै अवसरमा वंशगोपाल माध्यमिक बिद्यालय, गढीमा सुरक्षित बिद्यालय, सुरक्षित समुदाय, विपद् व्यबस्थापनको दीगो उपाय बिषयक बक्तृत्वकला प्रतियोगिता भएको छ ।
कार्यक्रम सामूदायिक उर्जा तथा पर्यावरण बिकास मञ्च, मकवानपुरका अशोकसुजन श्रेष्ठको प्रमुख आतिथ्य तथा बिद्यालयका प्रधानध्यापक लिलानाथ ढुङ्गेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा शिक्षकद्वय अर्जुनप्रसाद देवकोटा र गोबिन्द पोख्रेल निर्णायक रहनुभएको थियो । प्रतियोगितामा सामना फुयाँल प्रथम, देवबहादुर बोगटी दोश्रा, मुना बि.क. तेश्रा र दीलकुमारी मोक्तान सान्त्वना भएका थिए ।
जनता माध्यमिक बिद्यालय, सुकौरामा विपद् जोखिम न्यूनीकरण दिवसकै अवसरमा विपद् व्यबस्थापन बिषयक कविता प्रतियोगिता भएको छ । १७ जना सहभागी प्रतियोगितामा रोजिता लो प्रथम, कोपिला सुनार दोश्रा, सुशिल लो तेश्रा र बिना गोले सान्त्वना भएका थिए । कार्यक्रममा शिक्षकद्वय शर्मिला बि.क. र नानीमायाँ गोले निर्णायक रहनुभएको थियो ।
ठिङ्गनको कान्ति माध्यमिक बिद्यालयमा पनि विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा विपद् जोखिम न्यूनीकरण बिषयक कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा अश्मिता स्याङ्तान प्रथम, देवकी बि.क. दोश्रा, कोपिला दाहाल तेश्रा र नवीन दाहाल सान्त्वना भएका थिए । कार्यक्रममा शिक्षकद्वय भरतप्रसाद घिमिरे र टेकबहादुर गौतम निर्णायक रहनुभएको थियो ।
अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस अक्टोबर ११ तारिख अर्थात् असोज २७ गते बिश्वभर बिबिध कार्यक्रम गरि मनाईदैछ ।