nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 14th May, 2024
वि.स.
1000043965-1707579226.jpg

विपदको बेला उच्च सतर्कता अपनाउन उपसभामुखको आग्रह

radhika-tamang-1594361790.jpg

 बागमती प्रदेशकी उपसभामुख राधिका तामाङले प्राकृतिक प्रकोप र विपदको बेला उच्च सतर्कता अपनाउन जनमसमुदायलाई अपिल गरेकी छिन् ।

ध्यानाकर्षपण तथा जनहितमा जारी सुचना जारी गर्दै उपसभामुख तामाङले विशेष सतर्कता अपनाउन अपिल गरेकी हुन् ।

उनले भनेकी छिन्, ‘यतिबेला अविरल वर्षाका कारण मुलुकका विभिन्न भूभागमा बाढी र पहिरोको जोखिम बढिरहेको छ । यसै क्रममा गए राती सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–५ र भोटेकोशी गाउँपालिका–५ मा बाढी र पहिरोका कारण २ जनाको ज्यान गएको र २० जना बेपत्ता भएको घटनाले विक्षिप्त तुल्याएको छ ।’

उपसभामुख तामाङले बाढी पहिरोका घटनामा परेकाहरुको उद्दारका लागि प्रयास जारी रहेता पनि मौषम प्रतिकूलताका कारण अझै सम्म बेपत्ताहरु फेला पर्न नसकिएकाले घाइतेहरुको उद्दार, उपचार व्यवस्था एवं बेपत्ताहरुको खोजी कार्य तीब्र र प्रभावकारी बनाउनका निम्ति प्रदेश सरकारको विशेष ध्यानाकर्षण समेत गराएकी छिन् ।

‘मौषम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिरकरणले जारी गरेको सूचना अनुसार वागमती प्रदेश पनि भारी वर्षा र बाढी पहिरोको उच्च जोखिममा रहेको छ । यस कारण थप धनजनको क्षेती हुनबाट रोक्नका लागि संघ, प्रदेश र स्थानीय सरकारको गंभीर ध्यानाकर्षण गराउँदछु ।’ उपसभामुख तामाङले भनेकी छिन्, ‘प्राकृतिक प्रकोप र विपदको बेला जोखिमयुक्त स्थानमा रहेका प्रदेशवासी जनसमुदायलाई उच्च सतर्कता अपनाउन तथा जोखिम अवधीभर ९२८ असार, आइतवारसम्म० सुरक्षित स्थानमा रहन समेत यसै सूचना मार्फत विनम्र अनुरोध गर्दछु ।’



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg