nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

विद्युत समस्या बोकेर गाउँपालिका अध्यक्ष उप्रेती पुगे मन्त्रालय

barsaman-puna-1529133188.jpg

पश्चिम मकवानपुरको तीनवटा गाउँपालिकामा बढ्दै गएको विद्युत समस्या समाधानका लागि उर्जामन्त्री बर्षमान पुनलाई ध्यानाकर्षण गराइएको छ ।  मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको अगुवाईमा सांसदहरुको समेत उपस्थितिमा मन्त्री पुनलाई विद्युत समस्याबारे जानकारी गराइएको हो । उप्रेतीको नेतृत्वमा गएको टोलीले उर्जा मन्त्रालयमा पुगी मनहरीमा विद्युत प्रसारणको सव स्टेशन निर्माण गरिनुपर्ने, विद्युतका पोल, तार ट्रान्समिटरहरुको उचित व्यवस्था हुनुपर्ने लगायतका मागहरु मन्त्री पुनसमक्ष राखेको थियो । टोलीमा राष्ट्रिय सभा सांसदहरु रामनारायण बिडारी, रामचन्द्र राई, युवा संघ नेपाल ३ नं प्रदेश सचिवालय सदस्य नवीन सुवेदी लगायत सहभागी थिए ।

टोलीले हेटौँडादेखि मनहरी हुँदै राक्सिराङ तथा कैलाश गाउँपालिकासम्म पुग्ने विद्युत निरन्तर अबरुद्ध हुने गरेको र तत्कालै मर्मत सम्भार नहुने गरेको गुनासो गरेपछि समस्या समाधानका लागि मन्त्री पुनले आश्वासन दिएको बताइएको छ । ‘मन्त्री ज्यूले तत्कालै गर्नुपर्ने र दीर्घकालीन रुपमा गर्नुपर्ने कामबारे लिखित रुपमा डकुमेन्ट माग गर्नु भएको छ’, टोलीमा सहभागी युवा संघ नेपालका नेता सुवेदीले भने । मन्त्री पुनको ध्यानाकर्षणपछि मनहरी गाउँपालिकाले सव स्टेशन निर्माणका लागि जग्गाको खोजी गर्ने र आगामी दिनमा समेत बजेट निर्माणका क्रममा विद्युतका बिषयलाई अझ प्राथमिकतामा पार्ने कुरामा आफू गम्भीर भएको मनहरी गाउँपालिका अध्यक्ष उप्रेतीले बताए । 

हेटौँडा हुँदै मनहरी र राक्सिराङ गाउँपालिकासम्म जंगलको बाटो कच्ची पोल प्रयोग गरी विद्युत प्रबाह गरिएकाले बर्षायाममा समस्या हुनेगरेको छ । केही दिनअघिको हावाहुरीका कारण तीन दिनसम्म विद्युत अबरुद्ध भएपछि यस क्षेत्रका उद्योग, कलकारखाना तथा सामुदायिक रेडियो मनहरी एफएम समेत बन्द भएको थियो । बिद्युत मर्मतका लागि तत्कालै पहल गर्ने र योजनाका साथ लाग्ने कर्मचारी मनहरी फ्युज शाखामा नहुँदा पनि यस क्षेत्रका विद्युत उपभोक्ताहरुले समस्या भोग्दै आउनुपरेको छ । 
 



https://thahatimes.com/public/images/users/57504215_2285399481780456-1574914323.jpg

मनोज तितुङ

titungmanoj@gmail.com