nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

विद्युत प्राधिकरणको लापरबाही गयो २ चालकको ज्यान गयो, ३ घाइते

नेपाल विद्युत प्राधिकरणको लापरबाहीले गर्दा सवारी चलाउँने क्रममा २ चालकको मृत्यु भएको छ । केही दिन अघि ट्रीपरले विद्युतको पोलमा ठक्कर दिए पछि खतरामा रहेको उक्त पोलको तारले करेन्ट टिलरमा बोकेर ल्याउँदै गरेको ट्रान्समिटरमा छुदा करेन्ट लागेर चालकदलको मृत्यु भएको । पोललाई ठक्कर दिए पछि नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र अन्तर्गतका कर्मचारीले ट्रीपर चालकलाई ३५ हजार रुपैयाँ तिराएका थिए । तर रकम असुल उपर गरेपनी सडक छेउमै रहेको पोल तथा तार व्यवस्थापनमा वास्ता नगरिदिँदा सोमबार दुर्घटना निम्तिएको स्थानियले बताएका छन् ।
सोमबार इन्द्रसरोवर गाउँपलिका वडा नं ३ सिस्नेरीको कुइन्टारमा ११ हजार भोल्टेजको करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । काठमाडौबाट इपा खानीखोला हाइड्रोपावरको लागि ट्रान्समिटर बोकेर आउँदै गरेको टेलर गाडीका चालक  र जेसिबीका चालकको करेन्ट लागेर मृत्यु भएको हो । टिलर सिस्नेरीको कुइन्टार आइपुग्दा सोमबार दिउँसो २:१५ मा बाटोमा रहेको उक्त पोलको टारमा ट्रान्समिटरले छोएपछी ड्राइभर र सहचालक लाई करेन्ट लागेको थियो । करेन्ट लाग्दै गरेका चालकलाई बचाउन जाँदा जेसिबी चालक लाई समेत करेन्ट लागेपछि चालकदलका दुबैजनाको मृत्यु भएको स्थानिय सन्तोष बानियाँले बताए । 
मृत्यु हुनेमा टिलर चालक वर्ष ३५ का बेलकोटगढी  ७ मझुवा नुवाकोटका विशाल तामाङ र जेसिवी चालक तीनपटन गाउँपालिका ९ आमबोटे सिन्धुलीका वीर बहादुर मगर रहेका छन् । करेन्टको झट्काबाट दुबै सवारीमा रहेका सहचालक दल र अन्य एक जना घाइते भएका छन् । घाइते एक जनाको अवस्था सामान्य  रहेको छ भने २ जनालाई उपचारको लागि काठमाडौ लगिएको छ । घाइतेहरुमा ठेकेदार दाङका महेश दाहाल र टिलरका सहचालक गोपाल रमौली रहेका छन । सामन्य घाइते हुनेको नाम खुलेको छैन ।


स्थानियका अनुसार टिलरलाई बाटोको खाल्डा खुल्डिका कारण समस्या भएपछी सहायताका लागि जेसिबि समेत साथमा आउँदै गरेको थियो । 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।