Monday, 15th June, 2026
वि.स.

विद्यालयमा सभा, समारोह र वार्षिक उत्सव नगर्न सरकारको आग्रह

Eduuu-1583248911.jpg

सरकारले कोरोना भाइरसको  संक्रमण र सन्त्रास बढ्दै गएको भन्दै आवश्यक सतर्कता अपनाउन विद्यालयहरुलाई आग्रह गरेको छ । २० फागुनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरी सतर्कता अपनाउन विद्यालयहरुलाई आग्रह गरेको हो ।

त्यसका लागि कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ गतेभित्र सक्न र विद्यालयमा सभा, समारोह र वार्षिक उत्सव जस्‍ता सर्वसाधारण भेला हुने कार्यक्रम नराख्न पनि सूचनामा  भनिएको छ ।

शिक्षा सचिव महेशप्रसाद दाहालले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकारवाला पक्षलाई बोलाएर सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न पनि भनेका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०