nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

विद्यालयमा तोकिएको थाहानगरकाे क्वारेन्टाइन हटाइयो

मकवानपुरको थाहा नगरपालिका वडा नं. ३ मा रहेको सेतीगणेश आधारभुत विद्यालयमा तोकिएकाे क्वारेन्टाइन हटाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रका क्रियाकलाप सञ्चालनका लागि विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन हटाउने निर्णय गरेसँगै थाहा नगरपालिकाको विद्यालयमा रहेको क्वारेन्टाइन हटाइएको हो । विद्यालयमा रहेको क्वारेन्टाइन हटाएर थाहा नगरपालिका बज्रवाराही चौरमा रहेको सुमार्गी भवनमा स्थानान्तरण गरिएको थाहानगर कोभिड–१९ रोकथाम तथा नियन्त्रण समन्वय सचिवालयका उपसंयोजक मेघराज बलामीले जानकारी दिए ।

यसअघि १२ बुँदे आचारसंहिता बनाएर आवश्यक परे विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने गरी संघीय मन्त्रालयले निर्णय गरेपछि थाहा नगरपालिकाका एक दर्जन विद्यालयहरुलाई क्वारेन्टाइनका लागि छनोट गरिएको थियो । मत्स्यनारायण मावि, इन्द्रायणी मावि, सुन्दरी देवी मावि, झम्केश्वरी मावि, सुनौला मावि लगायत विद्यालयहरुलाई क्वारेन्टाइन बनाउन वडा समितिहरुले सिफारिश गरे पनि ३ नम्बर वडामा रहेको सेतीगणेश आधारभुत विद्यालयमा मात्र क्वारेन्टाइन राखिएको थियो । 

थाहामा अहिले डाक्टरसहितको स्वास्थ्यकर्मीको नियमित रेखदेखमा ओम अध्याय रिसोर्टमा राखिएको क्वारेन्टाइनमा १४ जना रहेका छन् । हालसम्म थाहा नगरपालिकामा १६० जनाले क्वारेन्टाइन सेवा लिएका छन् ।