Saturday, 20th June, 2026
वि.स.

विदेशमा थप ३ जनाको कोरोनाबाट मृत्यु

corona-death-1609652753.jpg

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता युकेमा १ जना र  पोर्चुगलमा २ जनाको मृत्यु भएको हो । संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसंगै विदेशमा कोरोना भाइरसबाट मृत्यु  हुनेको कुल संख्या ३ सय १५ पुगेको  छ ।  

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार  शनिवार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५३ हजार ३ सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये  ५० हजार ६ सय ५६ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।  

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता  स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।  



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०