Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

विकास निर्माणलाई तिब्रता दिन आग्रह

पश्चिम मकवानपुरका युवाले विकास निर्माणलाई तिब्रता दिदै गुणस्तरीय बनाउन आग्रह गरेका छन् । मनहरी गाउँपालिका ६, सुनाचुरीमा ३० पौषमा आयोजित वडास्तरीय सम्वाद कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

‘सबै तहका शासनमा सामाजिक जवाफदेहिता, सिमान्तकृत युवाको सक्रिय सहभागिता’ बिषयक सम्वाद कार्यक्रममा जनप्रतिनिधीले एक बर्षे कार्यअनुभव पनि सुनाएका थिए । कार्यक्रममा सहभागीले शिक्षा, स्वास्थ्य, कृषि, सडक, यातायात, भौतिक पूर्वाधार लगायतका बिषयमा अनुभव, भोगाईसहित आ–आफ्ना धारणा राख्दै जनप्रतिनिधीमाथि जिज्ञासा राखेका थिए ।

मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्ट, कार्यपालिका सदस्य राममायाँ प्रजा, ६ नम्बर वडा अध्यक्ष गोपीलाल मुक्तान, वडा सदस्यहरु कमला सुनार र कृष्णबहादुर राईले उठेका प्रश्नको जवाफ दिएका थिए ।गाउँपालिकाकी उपाध्यक्ष बिष्टले नयाँ संरचना, जनशक्तिको कमी लगायतका चुनौती भएपनि चुनौतीलाई शक्तिमा बदलेर बाँकी ३ बर्षे कार्यकालमा तत्काल गर्नुपर्ने काम गर्न आफुहरु प्रतिबद्ध रहेको बताईन् । कार्यक्रममा वडाको अवस्था, विकास प्राथमिकता, समस्या र चुनौतीहरु तथा विकासको साझा धारणा बिषयमाछलफल पनि गरिएको थियो ।

हिमराईटस् मकवानपुरले दातृ निकाय क्यानडा फण्ड र मनहरी गाउँपालिकासँगको समन्वयमा कार्यक्रम आयोजना गरेको हो ।प्रकाश ढकालले सहजिकरण गरेको कार्यक्रममा हिमराईट्स केन्द्रीय कार्यालयका लेखा अधिकृत बिजय महर्जन, मकवानपुर कार्यक्रम संयोजक कुमारी वाईबा लगायतको उपस्थिती रहेको थियो ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०