Wednesday, 26th August, 2026
वि.स.

विकास खर्च जम्मा ६० प्रतिशत मात्रै !

आर्थिक वर्ष २०७४/७५ सकिन केहि दिन मात्रै बाँकी रहदा बजेट खर्च अत्यन्तै कम देखिएको छ । चालु आर्थिक वर्षका लागि बिनियोजित कूल बजेटको असार २५ सम्म ७६ दशमलव २० प्रतिशत मात्रै खर्च भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । सरकारले चालु आर्थिक वर्षका लागि विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याए पनि बजेट खर्च अझ निराशाजनक देखिएको छ ।

मौदि्रक नीति सार्वजनिक गर्दै गभर्नर डा. चिरञ्जीवि नेपालले असार २५ गतेसम्म कुल बजेटको ७६ दशमलव २० प्रतिशत मात्रै खर्च भएको बताए । गभर्नर नेपालले सार्वजनिक गरेको तथ्यांकले पूँजीगत खर्च झनै निराशाजनक भएको देखाएको छ । २०७५ असार २५ गतेसम्म नेपाल सरकारको चालु खर्च वाषिर्क बजेट अनुमानको ८४.२९ प्रतिशत र विकास खर्च ६०.५५ प्रतिशत मात्रै भएको गभर्नर नेपालले बताए ।

राजस्व वाषिर्क अनुमान भने ९३ दशमलव १५ प्रतिशत लक्ष्य हासिल गर्न सरकार सफल भएको गभर्नर नेपालले बताए । सरकारले चालु आर्थिक वर्षमा ७ खर्ब ३० अर्ब रुपैयाँको राजश्व लक्ष्य लिएको थियो । आर्थिक वर्ष सकिन केहिँदिन मात्रै बाँकी रहेकाले राजश्व पनि लक्ष्य अनुसारको उठ्न नसक्ने देखिन्छ ।

विकास निर्माण कछुवाको गतिमा अघि बढ्दा बजेट खर्च अपेक्षित हुन नसकेको जानकारहरु बताउछन् । चालु आर्थिक वर्षमा ३ खर्ब ३५ अर्ब १७ करोड ५९ लाख ७० हजार पूँजीगत खर्च हुने लक्ष्य लिएको थियो । जसको ६०.५५ प्रतिशत अर्थात हालसम्म २ खर्ब रुपैयाँ पनि सरकारले खर्च गर्न सकेको छैन । आर्थिक वर्ष २०७४/७५ मा नेपाल सरकारले परिचालन गरेको कुल आन्तरिक ऋण रु. १४४ अर्ब ७५ करोड र आन्तरिक ऋणको भुक्तानी रु. ३७ अर्ब ५२ करोड रहेको छ ।

यसप्रकार नेपाल सरकारले आर्थिक वर्ष २०७४/७५ मा रु. १०७ अर्ब २३ करोड खुद आन्तरिक ऋण परिचालन गरेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ३.६ प्रतिशत हुन आउँछ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif