nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

वास्थ्य विमा विपन्नलाई राहत, तर जानकारी अभाव

28383709_2021594874727675-1520240743.jpg

सरकारले सञ्चालन गरेको स्वास्थ्य विमाको कार्यक्रम सर्वसाधारणलाई राहत भएको विश्लेषण गरिएको छ तर, यसबारे सर्वसाधारणमा अझै ज्ञान र संचारको कमी भएको औल्याइएको छ । आइतबार थाहा नगरको विकासघरमा आयोजित स्वास्थ्य विमासम्बन्धी अभिमुखकिरण कार्यक्रममा यस्तो औल्याइएको हो । कार्यक्रमका प्रमुख अतिथि थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टल महँगो बन्दै गएको स्वास्थ्य सेवामा आमनागरिकको पहुँच स्थापित गर्न हरेक नागरिकले स्वास्थ्य बिमा गराउनु पर्ने बताए । 
तर अपेक्षितरुपमा विमा गर्नेहरुको संख्या कम रहेकोमा प्रमुख विष्टले चिन्ता व्यक्त गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिष्टले नगरमा बिमाको कार्यक्रमलाई तीब्ररुपमा अघि बढाउन स्वास्थ्य बिमा बोर्डसंग समन्वय गरेर जाने बताए । कारण स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभाबकारी बनाउन अभिमुखीकरण कार्यक्रम संचालन गरिएको मकवानपुर जिल्लाका स्वास्थ्य बिमा दर्ता अधिकारी शुष्मा आचार्यले बताइन । 
जनतामा सचेतनाको कमीको कारण बिमा कार्य न्यून भएकोले यसैलाई मध्यनजर गरी स्वास्थ्य विमासम्बन्धी जनचेतनामुलक कार्यक्रम शुरु गरेको उनको भनाई छ । स्वास्थ्य विमामा नागरिकको चासो कम भएकोसम्बन्धमा शान्तिपुर दैनिकले समाचार प्रकाशन गरेको थियो । 
थाहाको १२ वटै वडामा पनि ‘स्वास्थ्य बिमा’का दर्ता सहयोगीहरु खटिरहेका भए पनि दर्ता सहयोगीहरुको ब्यक्तिगत समस्याहरुका कारण र  जनसमुदायलाई स्वास्थ्य बिमाबारे उचित ज्ञान नहुदा न्यून प्रतिशतमात्रै बिमितहरु रहेका छन । थाहा नगरपालिकामा रहेको कुल ८ हजार ९ सय ३८ घरधुरी मध्ये हाल सम्म ६ सय ८५ घरधुरीले मात्र स्वास्थ्य बिमामा आफ्नो नाम दर्ता गराएका छन् । जसलाई प्रतिशतमा हेर्ने हो भने थाहा नगरपालिकामा ७ दशमलव ६६ प्रतिशत मात्रै बिमितहरु रहेका छन ।
जनमानसमा स्वास्थ्य बिमा बारे स्पष्ट जानकारी तथा जनचेतना नभएका कारण सोचेबमोजिम बिमा गराउन नसकिएको केही बिमा दर्ता सहयोगीहरुको गुनासो रहेको छ भने कार्यरत दर्ता सहयोगीहरुको ब्यक्तिगत समस्याको कारण दर्ता सहयोगीहरुको हेरफेर तथा नयाँ नियुक्ति गर्नु पर्ने समस्याका कारण पनि स्वास्थ्य बिमाको कार्यक्रमले तिब्रता लिन नसकेको दर्ता अधिकारी आचार्यले बताइन् ।


बिमामा आवद्ध हुनका लागि पारिवारिक इकाइका आधारमा अहिले पाँच जनाको परिवारले २५ सय रुपैयाँ तिरेमा ५० हजारसम्म उपचार सेवा पाउने व्यवस्था छ । मकवानपुर भर १ सय २७ जना दर्ता सहयोगी मार्फत स्वास्थ्य बिमा भैरहेको छ । बिमामा आबद्ध परिवारले ९ सय २८ प्रकारका औषधीहरु निःशुल्क पाउने ब्यवस्था रहेको छ । स्वास्थ्य बिमा बोर्डका अनुसार २०२० सम्म ५० प्रतिशत स्वास्थ्य बिमा पुर्याउने लक्ष्य रहेको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।