Monday, 15th June, 2026
वि.स.

वार्षिक उत्सवको अवसरमा सरसफाई कार्यक्रम

नेपालकै सबैभन्दा ठूलो फूटबल फ्यान क्लब एफ.सि. बार्सिलोना फ्यान अफ नेपाल (स्पेनिश फूटबल क्लब बार्सिलोनाको नेपाली समर्थकहरुको फेसबुक समूह) ले दोश्रो वार्षिकोत्सब मनाइएको छ । 

वाषिृक उत्सवको अवसरमा शुभकामना आदानप्रदान तथा पर्यटकीय क्षेत्र स्वयम्भू परिसरको सरसफाइ समेत गरिएको छ ।  दुई बर्ष देखि संचालित यो फेस्बुक फ्यान क्लबले धेरै पटक विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । क्लबबाट हुने सामाजिक कार्यलाई थप सजिलो र सुलभ होस र अझ यस्ता कार्यहरु ले सधै निरन्तरता पाईरहोस भन्ने उद्देश्यले फ्यान क्लबलाई काठमाडौं स्थिति सान सर्भिस प्रा लि का संचालक एवम् समाजसेवी अर्जुन बस्नेत सालिकराम अधिकारी कल्याण बुढाथोकी ज्याक गुरुङ निमा लामा र नवीन प्रधानले क्लबलाई सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

क्लबका एडमिन कबिराज श्रेष्ठले सरसफार्इ कार्यक्रममा उपस्तिथि हुनुहुने १०० भन्दा बढी सम्पुर्ण  क्लबका फ्यानहरुलाई धन्यवाद दिए । श्रेष्ठले सहयोग गर्नुहुने सम्पूर्णप्रति कृतज्ञता व्यक्त गरे । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०