Friday, 23rd October, 2026
वि.स.
pustakalay-1792211853.jpg

वार्षिक उत्सवको अवसरमा सरसफाई कार्यक्रम

नेपालकै सबैभन्दा ठूलो फूटबल फ्यान क्लब एफ.सि. बार्सिलोना फ्यान अफ नेपाल (स्पेनिश फूटबल क्लब बार्सिलोनाको नेपाली समर्थकहरुको फेसबुक समूह) ले दोश्रो वार्षिकोत्सब मनाइएको छ । 

वाषिृक उत्सवको अवसरमा शुभकामना आदानप्रदान तथा पर्यटकीय क्षेत्र स्वयम्भू परिसरको सरसफाइ समेत गरिएको छ ।  दुई बर्ष देखि संचालित यो फेस्बुक फ्यान क्लबले धेरै पटक विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । क्लबबाट हुने सामाजिक कार्यलाई थप सजिलो र सुलभ होस र अझ यस्ता कार्यहरु ले सधै निरन्तरता पाईरहोस भन्ने उद्देश्यले फ्यान क्लबलाई काठमाडौं स्थिति सान सर्भिस प्रा लि का संचालक एवम् समाजसेवी अर्जुन बस्नेत सालिकराम अधिकारी कल्याण बुढाथोकी ज्याक गुरुङ निमा लामा र नवीन प्रधानले क्लबलाई सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

क्लबका एडमिन कबिराज श्रेष्ठले सरसफार्इ कार्यक्रममा उपस्तिथि हुनुहुने १०० भन्दा बढी सम्पुर्ण  क्लबका फ्यानहरुलाई धन्यवाद दिए । श्रेष्ठले सहयोग गर्नुहुने सम्पूर्णप्रति कृतज्ञता व्यक्त गरे । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg