nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

वातावरण सम्बन्धी जनचेतना अभिबृद्धी तालिम 

Batabaran-Training-1561943072.JPG


वातावरण सम्बन्धी जनचेतना अभिबृद्धी गर्न स्थानीय तहको क्षमता अभिबृद्धी तालिम मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका ४, फाखेलमा भएको छ । प्रदेश ३ को बन निर्देशनालयले आयोजना गरेको तालिम नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ सहयोग कार्यक्रम अन्तरगत आयोजना गरिएको हो ।

कार्यक्रममा बन निर्देशनालय हेटौंडाका रेञ्जर बद्री ढुङ्गानाले वातावरण जनचेतनाको सिद्धान्त, वातावरण सम्बन्धी शब्दावली, कानूनी व्यवस्था, वातावरण परिवर्तन गराउने तत्वहरु, प्रभाव र न्यूनिकरणका उपायहरु लगायतबारे सहजिकरण गरेका थिए ।

ईन्द्रसरोवर गाउँपालिकाको वडा नम्बर ४ का अध्यक्ष धनवीर स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु चन्द्रकुमार बल, मञ्जु रुम्बा, सावित्री सुनार, भीमबहादुर मोक्तान लगायतको आतिथ्य रहेको थियो ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)