Tuesday, 16th June, 2026
वि.स.

वाग्मती प्रदेशको नीति तथा कार्यक्रम आज

nitee-1590466152.jpg

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम १३ जेठमा ल्याउने भएको छ ।  प्रदेशको सरकारको आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम बिहान ११ बस्ने प्रदेशसभाको बैठकमा आउने भएको हो । बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रस्तुत गर्नेछन् ।

१२ जेठ बाट सुरु भएको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आर्थिक बर्ष ०७७/०७८ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । विनियोजन विधेयकमाथिको छलफल सोहीदिन सम्पन्न भइसकेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०