Thursday, 3rd September, 2026
वि.स.

वर्षाले साविक पालुङसँगको यातायात सम्पर्क विच्छेद
-निरज रायमाझी

jjjjjj-1625202437.jpg

१६ असारदेखिको लगातार वर्षाका कारण थाहा नगरअन्तर्गत् साविक पालुङसँगको यातायात सम्पर्क विच्छेद भएको  छ । थाहाको भुङदल, त्रिवेणी, इन्द्रायणी खोला लगायत स्थानमा बाढीले सडक क्षतिग्रस्त भएपछि पालुङसँगको यातायात सम्पर्क विच्छेद भएको हो ।  

कुलेखानीको मुख्य जलाधार क्षेत्रको रुपमा रहेको पालुङ खोलाअन्तर्गत् भुङ्दल–भैरवथान खण्डमा बाढीले सडक खोतलेर ठूला गाडी चल्न नसक्ने भएको छ । सो क्षेत्रबाट पालुङतर्फ यातायात सञ्चालन हुन सक्ने अवस्था छैन । त्यस्तै घट्टेचौरबाट पनि यातायात सञ्चालनमा बाधा देखिएको छ । 

इन्द्रायणी मोटरबाटो हुँदै पालुङ जोड्ने बाटो पनि अवरुद्ध भएको छ । इन्द्रायणी वस्ती जोड्ने ह्युम पाइप डाइभर्सन बगाएपछि यातायात अवागमन अवरुद्द भएको छ । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif