nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

वर्षाले साविक पालुङसँगको यातायात सम्पर्क विच्छेद
-निरज रायमाझी

jjjjjj-1625202437.jpg

१६ असारदेखिको लगातार वर्षाका कारण थाहा नगरअन्तर्गत् साविक पालुङसँगको यातायात सम्पर्क विच्छेद भएको  छ । थाहाको भुङदल, त्रिवेणी, इन्द्रायणी खोला लगायत स्थानमा बाढीले सडक क्षतिग्रस्त भएपछि पालुङसँगको यातायात सम्पर्क विच्छेद भएको हो ।  

कुलेखानीको मुख्य जलाधार क्षेत्रको रुपमा रहेको पालुङ खोलाअन्तर्गत् भुङ्दल–भैरवथान खण्डमा बाढीले सडक खोतलेर ठूला गाडी चल्न नसक्ने भएको छ । सो क्षेत्रबाट पालुङतर्फ यातायात सञ्चालन हुन सक्ने अवस्था छैन । त्यस्तै घट्टेचौरबाट पनि यातायात सञ्चालनमा बाधा देखिएको छ । 

इन्द्रायणी मोटरबाटो हुँदै पालुङ जोड्ने बाटो पनि अवरुद्ध भएको छ । इन्द्रायणी वस्ती जोड्ने ह्युम पाइप डाइभर्सन बगाएपछि यातायात अवागमन अवरुद्द भएको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)