nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 9th May, 2024
वि.स.
1000043965-1707579226.jpg

वन पुनर्स‌ंरचना: मकवानपुरको हेटौंडा र मनहरीमा डिभिजन रहने उत्तरी मकवानपुरमा सव डिभिजन मात्रै
प्रदेश ३ मा १५ डिभिजन वन कार्यालय रहने

नयाँ संविधान कार्यान्वयनका क्रममा देशको भूगोललाई विभाजन गरेँ झै सरकारले देशभरका वनको व्यवस्थापनका लागि वनको संरचनालाई पुनर्संरचना गर्ने तयारी गरेको छ। जिल्ला वन कार्यालयलाई हटाएर सरकारले डिभिजन वन कार्यालय स्थापना गर्न लागेको हो।

 

जस अनुसार ३ नम्बर प्रदेशका १३ वटा जिल्लामा १५ वटा डिभिजन कार्यालय रहने वन विभागले जनाएको छ। जस अनुसार मकवानपुर र सिन्धुली जिल्लामा २ वटा भिजिन कार्यालय रहनेछन्। अन्य सबै जिल्लामा एउटा डिभिजन कार्यालय रहने गरी गृहकार्य अघि बढाइएको छ।

वन विभागले सबै जिल्ला वन कार्याललाई पत्राचार गरी अब हुने डिभिजन कार्यालयको सीमांकन, मुकाम रहने स्थान, स्थानीय तहको नाम, जनसंख्या, वन संरक्षण पद्धति, सब-डिभिजन कार्यालयको नाम लगायत सबै विवरण माग गरेको छ। विभागले गत असार २८ गते ७ दिनभित्र सबै विवरण विभागमा पठाउन निर्देशन गरेपनि अधिकांश जिल्ला वन कार्यालयले विवरण अझै पठाइसकेका छैनन्। ३ नम्बर प्रदेशमा रहने १५ वटा डिभिजन वन कार्यालय अन्तर्गत ९६ वटा सव डिभिजन वन कार्यालय रहने विभागले जनाएको छ। हरेक डिभिजन वनकार्यालयमा जिल्ला वन अधिकृत सरहका कर्मचारी रहने बताइएको छ।

मकवानपुरमा दुई डिभिजन, १६ सब डिभिजन

मकवानपुरमा दुईवटा डिभिजन कार्यालय रहने भएका छन्। मकवानपुर वन डिभिजन कार्यालय हेटौँडा राप्ती वन डिभिजन कार्यालय मनहरी नाम गरेको कार्यालय मकवानपुरमा रहनेछ।

दुईवटा वन डिभिजन कार्यालयमा १६ वटा सब डिभिजन कार्यालय रहने विभागले पठाएको पत्रमा उल्लेख छ। यी दुबै कार्यालय अन्तर्गत रहने १६ वटा सब डिभिजन कार्यालयको नाम, स्थानीय तह, सीमांकन लगायतका विषयहरु उल्लेख भएको विवरण पठाउन वन विभागले पत्राचार गरेको छ।

‘विभागको पत्रपछि हामी छलफलकै क्रममा छौँ’, जिल्ला वन कार्यालय मकवानपुरका प्रवक्ता विशाल भट्टराईले भने। उनका अनुसार डिभिजन कार्यालयहरु मातहत हुने सव डिभिजनमा रहने भूगोल, स्थानीय तह, वन समूहहरुको अबस्था लगायतका बिषयहरु छलफलका क्रममा नै छन्।

वन कार्यालयको सीमांकनबारे अन्यौलता

अहिले मकवानपुरमा दुईवटा डिभिजन वन कार्यालयको सीमांकनबारे अन्यौलता छ। यसका लागि दुईवटा विकल्प प्रस्ताव गरिएको बताइएको छ। मनहरी गाउँपालिकादेखि हेटौँडा हुँदै बागमती गाउँपालिकासम्मको भाग समेटेर एउटा डिभिजन निर्माण गर्ने बहस पनि भएको छ। त्यसो हुँदा यी क्षेत्रहरु चुरे क्षेत्र अन्तर्गत पर्दछन्। 

अधिकांश वैैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालन भएका र महँगा सालका रुखहरु भएका क्षेत्र यही डिभिजन अन्तर्गत पर्छन्। यीबाहेकको महाभारत क्षेत्रलाई समेटेर अर्काे डिभिजन बनाउने बहस पनि चलेको छ। यसरी सीमांकन भएमा महाभारततर्फको डिभिजन वन कार्यालय ‘बिजनेस’ बिहिन र अत्यन्तै दुर्गमजस्तो हुने भन्दै विरोध सुरु भएको छ।

मकवानपुरमा रहेका प्रतिनिधि सभाका दुई क्षेत्रलाई डिभिजन मानेर सीमांकन गर्दा वैज्ञानिक हुने तर्क पनि छ। साबिक जिल्ला वन कार्यालय रहँदा बनेका इलाका र सेक्टरहरु पनि यही अभ्यास भएको पाइन्छ। मकवानपुरका वनक्षेत्रलाई राम्ररी अध्ययन गरेका विज्ञहरुका अनुसार उत्तरदेखि दक्षिणसम्मको महाभारतदेखि चुरेक्षेत्र दामासाही रुपमा बिभाजन गरेमा दुबै डिभिजन वन कार्यालयहरु शसक्त र प्रतिस्पर्धात्मक हुनेछ।

जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख प्रल्हाद धितालले विभागबाट स्पष्ट रुपमा निर्देशन नआएकाले सीमांकन लगायतका कुराहरु छलफलकै क्रममा रहेको बताए। जिल्ला वन कार्यालय मकवानपुरको कूल क्षेत्रमध्ये ६७ प्रतिशत वन क्षेत्र रहेको छ। यहाँ ४२४ सामुदायिक वन रहेका छन् भने ६९५ वटा कबुलियती वन समूहहरु रहेका छन्। त्यसैगरी निजी वन २२१ वटा रहेका छन् भने धार्मिक वन ५ वटा रहेका छन्।



https://thahatimes.com/public/images/users/57504215_2285399481780456-1574914323.jpg

मनोज तितुङ

titungmanoj@gmail.com