Monday, 15th June, 2026
वि.स.

वत्सलादेवी माविमा महायज्ञ

newsssssss-1581010163.jpg

इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीमा रहेको वत्सलादेवी मा.वि.मा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ–२०७६ सुरु भएको छ । यहि माघ २२ गते कलश यात्रा, पूर्वाङ्ग पूजा तथा औपचारिक समुद्घाटन समारोहको आयोजना गरि विद्यालयले महायज्ञको सुरु गरेको हो ।

यहि शैक्षिकसत्रदेखि सिभिल ईन्जिनियरिङको अध्ययन अध्यापन सुरु गरेको विद्यालयले सुविधायुक्त सिभिल ईन्जिनियरिङ प्राविधिक शिक्षालय सञ्चालनका लागि महायज्ञ आयोजना गरिएको महायज्ञ मूल समारोह समितिका संयोजक अशोक कुमार ठकुरीले जानकारी दिए ।

सिस्नेरी टेकर स्थित पिपलबोट देखि विद्यालयसम्म कलशयात्रा सँगै माननीय राज्यमन्त्री राम वीर मानन्धरको प्रमुख आतिथ्यताका विद्यालयले माघ २२ मा सप्ताह ज्ञान महायज्ञको सुरु गरेको हो । महायज्ञ माघ २२ देखि फाल्गुण १ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । २०१० सालमा स्थापना भएको विद्यालयमा शैक्षिकशत्र २०७६ देखि सिभिल ईन्जिनियरिङको पढाई भैरहेको छ । सप्ताहब्यापी कार्यक्रममा ख्यातिप्राप्त विद्धान बालन्यास पं.श्री मुकुन्द नेपालको वाचकत्वमा संगीतमय भावपूर्ण कथा प्रवचन तथा आचार्य पं. श्री मनोज नेपालबाट पाठपारायण हुने आयोजकले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०