Tuesday, 16th June, 2026
वि.स.

वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकी तोडफोड

police-post-1-03620200524-1591155211.jpg

मुसीकोट नगरपालिका–१४ छिवाङ ज्युलामा रहेको अस्थायी प्रहरीचौकीमा मंगलबार तोडफोड भएको छ । १३ नम्बर वडाध्यक्ष दीपक केसी नेतृत्वको टोलीले बेलुकी ८ बजेतिर आक्रमण गरेको हो । मंगलबार राति तोडफोड गरिएको रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१४ मा रहेको अस्थायी प्रहरी पोस्ट । तस्बिर : हरि गौतम

मोटरसाइकलमा आएका केसीले जाँचका लागि राखिएको ढाट हटाउन प्रहरीले ढिलाइ गरेको भन्दै झगडा सुरु गरेका थिए । त्यसै क्रममा २०/२५ जना युवा आएर तोडफोड गरेका हुन् । स्थानीयका घरबाट बाँसका भाटा तथा अरू विभिन्न सामग्री निकालेर चेकपोस्ट तथा चौकीमा आक्रमण गरिएको थियो ।

चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर साउदले कुर्ची, गाडी रोक्न बनाइएका सामान ताडफोड गरिनुका साथै चौकीमा ढुंगामुढा भएको बताए । बुधबार बिहानदेखि चौकी सुनसान छ । प्रहरी डिउटीमा छैनन् । चौकी इन्चार्ज साउद उजुरी दर्ताका लागि भन्दै जिल्ला पुगेका छन् ।

-इकान्तिपुरबाट



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०