Thursday, 27th August, 2026
वि.स.

लोकसेवा आयोगले आवेदन दिने समय असार १० गतेसम्म थप्यो

lok-sewa-1560851125.jpg

लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदको लागि खुलाएको विज्ञापन अन्तर्गत निवेदन दिने म्याद थप गरेको छ ।

असार ३ गतेसम्म अन्तिम म्याद भनिएकोमा मंगलबार नै बसेको आयोगको बोर्ड बैठकले असार १० गतेसम्म म्याद थप गर्ने निर्णय गरेको सुचना अधिकारी डिल्ली सुवेदीले जानकारी गराए।  सर्भरमा समस्या देखिँएको कारण अन्तिम मितिमा स्थानीय तहका लागि आवेदन दिने आवेदक समस्या परेका थिए। आयोगले एकै पटक नौ हजार भन्दा बढी कर्मचारीको लागि आवेदन खुलाएको हो। सुवेदीका अनुसार एकैपटक धेरैले लग इन गर्दा सर्भर डाउन भएको हो।

उनले आवेदकहरूलाई तत्काल आवेदन दिनको लागि समेत आग्रह गरेका छन्। 'अन्तिम मितिमा धेरैले आवेदन दिदा सभर्रमा समस्या देखिएको हो समयमै आवेदन दिन आग्रह गर्छौ सुवेदीले थाहासँग भने।  डवल दस्तुर तिरेर भने असार १७ गतेसम्म आवेदन दिन पाइने छ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif