Friday, 23rd October, 2026
वि.स.
pustakalay-1792211853.jpg

लोककवि श्रेष्ठको स्मृतीमा कविता प्रतियोगिता

Lokkabi-GaneshLal-ko-Smri-1533438146.JPG

लोककवि गणेशलाल श्रेष्ठको १ सय ७ औं स्मृतीमा कविता प्रतियोगिता शनिबार हेटौंडामा गरिएको छ । नेपाल भाषाः खलः मकवानपुरले आयोजना गरेको प्रतियोगितामा १७ जना प्रतिष्पर्धी थिए ।

प्रतियोगितामा प्रसिद्धिका लम्साल प्रथम, दुर्गाकुमारी पुडाशैनी दोस्रा, पवन शाक्य तेस्रा तथा प्रिन्सा प्रधान र नवीन मिश्र सान्त्वना भएका थिए । प्रथम, दोश्रा, तेश्रा र सान्त्वनालाई जनही १० हजार, ५ हजार, ३ हजार र १ हजार ५ सय रुपैंयासहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रम प्रदेश नम्बर ३ की सांसद कुमारी मोक्तानको प्रमुख आतिथ्य तथा नेपाल भाषाः खलः मकवानपुरका कार्यबाहक अध्यक्ष नारायणबहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रममा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल, सहसचिव भावना सापकोटा र गणेशकुमार श्रेष्ठ निर्णायक थिए ।

नेपाल भाषाः खलः मकवानपुरका पूर्व उपाध्यक्ष नन्दरत्न स्थापित, कोषाध्यक्ष सुमित्रा श्रेष्ठ मानन्धर, सुनकुमार मानन्धर लगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रममा बरिष्ठ साहित्यकार तुलसी थापा, नेवाः साँस्कृतिक पुचःका उपाध्यक्ष नारायण राजथला, लोककवि गणेशलाल श्रेष्ठका छोरा केशवलाल लगाएतको आतिथ्य रहेको थियो ।

८ बर्षदेखि लोककवि श्रेष्ठको स्मृतीमा भाषाः खलःले हेटौंडामा साहित्यिक कार्यक्रम गर्दै आएको छ । गतबर्ष लोककवि गणेशलाल श्रेष्ठको स्मृतीमा कार्यक्रम गर्न सहयोग पु¥याउन छोरा केशवलालले प्रदान गरेको पाँच लाख रुपैयाँको व्याजले हरेक बर्ष साहित्य कार्यक्रम गरिने बताईको छ ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg