Saturday, 20th June, 2026
वि.स.

लेखा समूहका कर्मचारीले वेवसाइटबाटै सरुवा आवदेन दिन सक्ने

hamalekha-1-1611233665.jpg

 महालेखा नियन्त्रक कार्यालय अन्तर्गत लेखा समूहका कर्मचारीले अब सरुवा आवेदन दिन कार्यालयमै धाउनु नपर्ने भएको छ । कार्यालयले आफ्नो वेवसाइटको स्तरोन्नती गर्दै सरुवा आवेदन वेवसाइटबाटै दिन सकिने व्यवस्था मिलाएको हो । सहमहालेखा नियन्त्रक तथा कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलका अनुसार लेखा समूहका कर्मचारीले सरुवा हुन चाहेमा वेवसाइटमा राखिएको सरुवा आवेदन आइकनमा क्लिक गरी सरुवा सम्बन्धि निवेदन दिन सक्ने भएका छन् ।

उक्त निवेदन कर्मचारी प्रशासन अन्तर्गत रहेको प्रणालीसँग प्रत्यक्ष रुपमा जोडिने व्यवस्था मिलाइएको छ । यसबाट देशभरका लेखा कर्मचारीले सरुवाको निवेदन बोकेर काठमाडौं धाइरहनु पर्ने बाध्यता हटेको हो । महालेखाले बुधबार मात्र नयाँ वेवसाइटमा सार्वजनिक गरेको हो । नयाँ वेवसाइटमा सरकारको प्राप्ति र बजेट खर्चलाई पाइचार्टमा समेत देखाउने व्यवस्था मिलाइएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०