Wednesday, 26th August, 2026
वि.स.

लेकाली बसिफाँटलाई आवासिय विद्यालय बनाउन छलफल

मकवानपुर भीमफेदी गाउँपालिका वडा नं. ९ मा रहेको जिल्लाकै नमुना लेकाली बसिफाँट माविलाई आवासिय विद्यालय बनाउने विषयमा छलफल भएको छ । विद्यालयको मातृ संस्था जाइटी नेपालका प्रमुख मिस्टर मारुयामाको विशेष उपस्थितमिा २६ कार्तिकमा भएको छलफलमा यस विषयमा छलफल भएको हो । अधिकांश जनजाति विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयमा आवासिय अध्यापन संचालनको लागि योजना पेश भएमा आफूहरु सहयोग गर्नका लागि सकारात्मक रहेको प्रमुख मारुयामाले बताए । 

छलफलमा लेका ली बसिफाँट मावि व्यवस्थापन समिति अध्यक्ष बिनोद लामा, जाइटी नेपालका व्यवस्थापक श्रीबहादुर केसी, व्यवसथापन समितिका पदाअधिकारीहरु, शिक्षकलगायतकाको सहभागिता रहेको थियो । 

यसअघिदेखि नै लेकाली बसिफाँट माध्यमिक विद्यालयलाई आवासिय विद्यालयको रुपमा विकास गर्ने योजना बनाउँदै आएको छ । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif