nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

लुम्विनी प्रदेशमा कोरोनाका बिरामीको निःशुल्क उपचार हुने

4321-1603179064.jpg

 केन्द्र सरकारले कोरोना संक्रमितको उपचार र परीक्षणमा शुल्क लिने निर्णय गरेर आलोचित बनिरहेका बेला लुम्विनी प्रदेशले भने संक्रमितहरूको उपचार निःशुल्क गर्ने जनाएको छ ।

लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकबाट लुम्विनी प्रदेशका चार वटा कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीको निःशुल्क उपचार हुने जनाएका हुन् । उनले कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क हुने उल्लेख गरेका छन् ।

‘लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था यथावत रहेको छ’, मुख्यमन्त्री पोखरेलले भनेका छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)