Saturday, 20th June, 2026
वि.स.

लुम्बिनी चिनी मिलका सञ्चालक पक्राउ

ukhu-1609402493.jpg

नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी मिलका संचालक मनोज अग्रवाल वीरगन्जबाट पक्राउ परेका छन् । उखु किसानको बक्यौता तिर्न रहेका चिनी मिलका संचालकविरुद्ध सरकारले पक्राउ पूर्जी जारी गरेपछि फरार रहेका अग्रवाललाई बिहीबार बिहान वीरगन्जबाट प्रहरीले पक्राउ गरेको हो ।

नेपाल प्रहरीको अपराध महाशखाको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरी अग्रवाललाइ पक्राउ गरेको हो । प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक धिरज प्रताप सिंहले अपराध महाशाखा बानेश्वरको आग्रहमा पर्सा प्रहरीले अग्रवाललाई वीरगन्जबाट पक्राउ गरेको जानकारी दिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०