Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

लियो जिल्ला परिषद् ३२५ बि १ को दोस्रो जिल्ला परिषद् थाहानगरमा हुने

hellossss-1537412321.jpg

लायन्स क्लब अन्तराष्ट्रिय अन्तर्गतको लियो जिल्ला परिषद् ३२५ बि १, नेपालको दोस्रो जिल्ला परिषद् बैठक थाहा नगरमा हुने भएको छ । आउँदो पौष २७ र २८ गते संचालन हुने बैठकमा लागि लियो क्लब पिस थाहाका संस्थापक अध्यक्ष अनित विष्टकोको संयोजकत्वमा मूल आयोजक समिति गठन भएको छ । मूल आयोजक समितिमा प्रवेश खत्री, कविन अमात्य, मनिषा बस्नेत र अनिता विष्ट रहेका छन् । 

बैठक सम्पन्न गर्नका लागि रजिष्ट्रेशन तथा जन सम्पर्क उप समिति, आवास व्यवस्थापन , आर्थिक संकलन, स्मारिका प्रकाशन, खाना व्यवस्थापन, स्वागत, सजावट तथा आर्थिक सत्कार, हल व्यवस्थापन, शान्ति ¥याली, यातायात व्यवस्थापन, मिडिया, स्वास्थ्य र स्वयंसेवक परिचालन परिचालन समिति गठन भएको छ । 

मुलुकका विभिन्न जिल्लाबाट सहभागी आउने भएकोले यहाँको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने लियो क्लब पिस थाहाका संस्थापक अध्यक्ष विष्टले बताए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)