nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

लियो क्लब अफ पिस थाहानगरको चार्टर प्रेसिडेन्टमा : विष्ट

लियो क्लब अफ पिस थाहानगरको चार्टर प्रेसिडेन्टमा थाहानगरका अनित विष्ट चयन भएकाछन् । लियो क्लब अन्तराष्ट्रिय स्तरको सामाजिक संस्था  हो । पिस थाहानगरमा २१ युवाहरु आवद्ध छन् । थाहानगरमा विभिन्न सामाजिक कार्य संचालन गर्ने उद्देश्य लियो क्लब अफ पिस थाहानगर गठन भएको चार्टर प्रेसिडेन्ट अर्थात संस्थापक अध्यक्ष विष्टले प्रतिक्रिया दिए । 

प्रेसिडेन्ट विष्ट ‘फरक सोच’ सामाजिक अभियान लगायत थाहानगरमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध छन् । अन्य क्षेत्रहरुमा जस्तै लियो क्लब अफ पिस थाहानगर मार्फत पनि विभिन्न सामाजिक अभियानमा सहभागी हुने विष्टले प्रतिबद्धता व्यक्त गरे । विष्ट उद्घोषण विधामा पनि अब्बल छन् । उनले भने–‘सामाजिक क्षेत्रमा काम गर्ने थप एउटा सिढि थपेको छु ।’ विष्टले लियो क्लब अफ पिस थाहानगरको चार्टर प्रेसिडेन्टमा आफूलाई चयन गर्नका लागि सहयोग गर्नुहुने सम्पूर्ण प्रति आभार व्यक्त गरेका छन् । उनले सामाजिक काम गर्न इच्छुक युवाहरुलाई लियोको सदस्य बन्नका लागि आग्रह समेत गरेका छन् ।

लियो क्लबमा १६ देखि २८ वर्ष उमेर समूहका युवा युवती आवद्ध हुन सकिने विधानमा व्यवस्था रहेको छ । 

लियोको आयोजनामा शुभकामना र चियापान कार्यक्रम

लियो क्लब अफ पिस थाहानगरको आयोजनामा १३ कात्तिकमा थाहानगरको शिखरकोट स्थित शंकर होटलमा दीपावली, नेपाल संवत् तथा छठपर्वको अवसरमा चियापान तथा शुभकामना आर्दान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

लियो क्लब अफ पिस थाहानगरका चार्टर प्रेसिडेन्ट अनित विष्टको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ पिस थाहानगरका चार्टर प्रेसिडेन्ट सुरेन्द्रमान प्रधान, लायन्स क्लब अफ पिस खानीखोला धादिङका पूर्व अध्यक्ष भरत गोपालीको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा प्रधान र गोपालीले लियो र लायन्स क्लबको उद्देश्य तथा क्षेत्रको विषयमा सहभागीहरुलाई जानकारी गराउँदै शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा पिस नेपाल मकवानपुरका अध्यक्ष तथा विकासखबर डटकमका प्रधान सम्पादक कुमार नेगी, थाहा नगरपालिकाका प्रशासन शाखा प्रमुख अनिल लामिछाने, विकास खबरपत्रिकाका प्रकाशक सुरजकुमार भुजेल, निष्पक्ष युवा समूहका संस्थापक अध्यक्ष रुपचन्द्र गोपाली, संघीय समाजवादी फोरमका थाहानगर अध्यक्ष सुशान्त श्रेष्ठ, लेकाली बसिफाँट माविकी शिक्षक आकृती विष्टलगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको अवसरमा सहभागीहरुले पालैपालो लियो क्लब अफ पिस थाहानगरको सफलताको कामना सहित दीपावली, नेपाल संवत् तथा छठपर्वको शुभकामना दिएका थिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)