Monday, 15th June, 2026
वि.स.

लियो इन्टरनेशनल फ्रेण्डसीप युथ क्याम्पः सयाैं पर्यटक मकवानपुर भित्र्याउँदै

लियो जिल्ला परिषद् ३२५ बि २ नेपालले मकवानपुरमा लियो ईन्टरनेश्नल फ्रेन्सिप युथ क्याम्प गर्ने भएको छ । पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै पर्यटन प्रवद्र्धन गर्ने र युवालाई पर्यटन उद्यमी बनाउने मुख्य उद्देश्य राखेर क्याम्पको आयोजन ागर्न लागिएको हो । न्यूज क्लव नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर आगामी १६ माघदेखि १९ सम्म मकवानपुरमा यस्तो क्याम्प संचालन गर्न लागेको जानकारी गराएको हो ।  

लियोले हरेक बर्ष विभिन्न स्थानमा युथ क्याम्प संचालन गर्दै आएको छ । यस बर्ष मकवानपुरको पर्यटकीय क्षेत्र मकवानपुरको हेटौडा उपमहानगरपालिका, मकवानपुर गढि गाउँपालिका, भिमफेदी गाउँपालिका, इन्द्रसरोबर गाउँपालिका र थाहा नगरपालिकाको पर्यटकीय क्षेत्रहरुको अवलोकन गरि मनाउने लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका जिल्ला निर्देशक तथा यस कार्यक्रमको संयोजक अनिल अधिकारीले जानकारी दिए । उनले लियोले बार्षिक रुपमा विभिन्न कार्यक्रम गर्ने गरेको बताउँदै नेपालमा पनि प्रत्येक वर्ष सामाजिक रुपान्तरण र नेपालको प्रवद्र्धनका लागि विभिन्न रचनात्मक तथा सन्देशमुल कार्यक्रम लियोले गर्दै आएको बताए । पत्रकारिताको माध्यामबाट यस क्यामको गतिविधिहरु सबै सामु पु¥याउनको लागि आग्रह समेत गरेका छन् । 
  
हेटौंडाको २७ वर्षे लियो इतिहाँसमा पहिलो पटक युथ क्याम्प संञ्चालन गर्ने अवसर पाएको भन्दै महत्वपुर्ण अवसरको सदुपयोग गर्न र लियोको मात्रै नभई सम्पुर्ण मकवानपुरवासीले साथ दिन लियो जिल्ला परिषद ३२५ बि २ नेपालका रिजन २ का रिजन चिर्यस प्रर्शन शुसान्त खतिवडाले आग्रह गरे । प्रदेश नं. १ बाहेक बाँकी रहेका प्रदेशबाट लियोमा लागेका करिव १ सय ५० देखि १ सय ७० युवालाई १६ माघमा हेटौंडामा भव्यताका साथ स्वागत गर्ने र विभिन्न जातजातीका सांस्कृतिक झाँकीहरु पनि प्रर्दशन गर्ने लियो जिल्ला परिषद ३२५ बि २ नेपालका टेल्ल ट्वीस्टर राजन श्रेष्ठले बताए । 

युथ क्याम्पको तयारी तिव्र रुपमा काम भईरहेको र विरगञ्जदेखि सुदुरपश्चिम प्रदेशसम्मका लियो क्लबमा आवद्ध सदस्यहरु र इन्टरनेश्नलका लियोहरुको पनि सहभागिता हुने श्रेष्ठले बताए । लियो जिल्ला परिषद् ३२५ बि २ रिजन २ हेटौंडाको ड्रिम प्रोजेक्टको रुपमा लिएर तयारीको काम भइरहेको उनले बताए । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०