Sunday, 19th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

लाै ! राजकुमारलाई नै मृत्युदण्ड

download-1476847343.jpg

साउदी अरबका एक राजकुमारलाई मृत्युदण्ड दिइएको छ । त्यहाँको गृह मन्त्रालयका अनुसार तीन वर्ष पहिले राजधानी रियादमा एक व्यक्तिको हत्या गरेको आरोपमा राजकुमारलाई मृत्युदण्ड दिइएको हो । समाचार एजेन्सी एएफपीका अनुसार राजकुमार यो वर्ष मृत्युदण्ड पाउन १३४ औं व्यक्ति हुन् । यद्यपि शाही परिवारका कुनै सदस्यलाई मृत्युदण्ड दिइएको यो दुलर्भ घटना हो ।

प्रिन्स तुर्की बिन सउद अल कबीरलाई मृत्युदण्ड दिइएको छ । यद्यपि उनलाई कसरी मृत्युदण्डको सजाय दिइयो प्रष्ट भएको छैन ।  साउदी अरबमा धेरै मृत्युदण्ड शिर छेदन गरेर दिने गरिन्छ ।

साउदीको गृह मन्त्रालयका अनुसार राजकुमारले आफ्ना साथीको हत्या अभियोग स्वीकार गरेका थिए । मृत्यदुण्डको घोषणा गर्दै मन्त्रालयले भनेको छ कि यसले हरेक नागरिकलाई भरोसा हुनेछ कि सरकार न्याय र सुरक्षाका लागि प्रतिवद्ध छ ।

अल अरेबियाका अनुसार पीडित परिवारले ब्लड मनी लिन अस्वीकार गरेका थिए, जसका कारण राजकुमारलाई मृत्युदण्ड दिइएको हो ।

-एजेन्सीको सहयोगमा