Friday, 14th August, 2026
वि.स.

लालीगुराँसको २३ औं वार्षिक साधारणसभा सम्पन्न

lali-1768204557.jpg

लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रिता प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली प्रमुख अतिथिका रूपमा रहेका थिए ।

साधारणसभामा अध्यक्ष रिता प्रधानले संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महिलाहरुको आर्थिक र सामाजिक स्तरलाई उकास्ने उद्देश्यका साथ विभिन्न आयमुलक कार्यक्रमहरुमा लगानी गर्दै आएको जानकारी दिइन् । संस्थाले महिला तथा बालबालिका कार्यालयको सहयोगमा विपन्न महिलाहरुको जीवनस्तर उकास्ने उद्देश्यले तरकारी खेती, पशुपालन जस्ता कार्यक्रमहरु सञ्चालन गरेको छ । अध्यक्ष प्रधानले घरेलु हिंसा पीडित महिलाहरुको लागि सेवा केन्द्र स्थापना गर्ने, प्राथमिक मनोवैज्ञानिक सहयोग, पारिवारिक र सामुदायिक मनोविमर्श, बाख्रापालन र कृषि तालिम जस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जानकारी दिइन् ।

संस्थाको शेयर पूंजी ४.०३ प्रतिशत वृद्धि हुँदै २६ लाख ५ हजार ९ सय पुगेको छ भने निक्षेप १८.५४ प्रतिशत वृद्धि गर्दै ९४ लाख ३२ हजार पुगेको जानकारी संस्थाका सचिव रितु कार्कीले प्रतिवेदनमा उल्लेख गरिन् । कोषाध्यक्ष नानीछोरी प्रधानले वित्तीय वर्ष २०८१/०८२ को वित्तीय प्रतिवेदन पनि प्रस्तुत गरिन् ।

मुख्य अतिथि उपप्रमुख भरत गोपालीले सहकारी संस्थाको सामाजिक र आर्थिक योगदानको महत्वलाई स्वीकार गर्दै संस्थालाई अझ बढी सामाजिक क्रियाकलापमा संलग्न हुने आवश्यकता औल्याए । उनले खस्कदै गएको सामाजिक सद्भाव र एकतालाई बढावा दिने र आपसी सहकार्यको वृद्धि गर्ने महत्वका कुरा व्यक्त गरे ।

साधारणसभामा उत्कृष्ट कारोबारी सदस्यहरुलाई सम्मानित गरियो । उत्कृष्ट कर्जातर्फ सर्मिला देउला, माइली तामाङ, सुशीला प्रधान, निरमाया तामाङ, सोनी थोकर र सविता तामाङ, उत्कृष्ट बचत तर्फ गिता गुरुङ लामिछाने, सविना जोशी श्रेष्ठ, सरस्वती जिम्बा, अष्टमाया प्रधान, किशोरी बचत तर्फ एन्ज्योलिना थोकर, रिकृशा प्रधान, रमण आलेमगर, रोहित तामाङ, सेयर तर्फ गोपीनी तामाङ, ललिता प्रधान, सुनमाया घिसिङलाई सम्मानित गरिएको थियो ।

साधारणसभाको अवसरमा ६० बर्ष पुरा गरेका १६ जना जेष्ठ महिला सदस्यहरुलाई सम्मानित गरियो । साथै, लामो समयसम्म संस्थाको सल्लाहकारको रूपमा कार्य गर्दै बिदा भएका बारा जितपुर सिमराका शोम बहादुर जिम्बालाइ कदरपत्र सहित सम्मान गरियो ।

लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाले महिलाहरुको आर्थिक र सामाजिक सशक्तिकरणका लागि निरन्तर प्रयास गर्दै आएको छ र आगामी दिनमा थप महत्वपूर्ण योजनाहरू संचालन गर्न प्रतिबद्ध रहेको साधारणसभाले अनुमोदन गरेको थियो ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif