nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

लामा हत्यामा संलग्न थाहानगरका विष्टलाई जन्मकैद

ज्यान मुद्दा लागेका थाहा नगरपालिका वडा ३ घर्तिखोलाका ३९ वर्षिय  आशिष भन्ने ईश्वर विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।

२०६१ माघ ७ गते हेटौंडा २ चौकीटोलका कमल लामाको छोरा बिरोज लामा हिउँ खेल्न भनी सिमभन्ज्याङ गएकोमा दिन कुटपिट गरी मारेर फरार रहेको सूचीमा रहेका विष्टलाई २८ माघमा प्रहरीले पक्राउ गरेको हो । विष्ठलाई २०६७ असार २० गते जिल्ला अदालत तथा पुनरावेदन अदालत हेटौंडाले ०६७ पुष २० गते कर्तव्य ज्यान मुद्दामा जन्म कैद (२० वर्ष) सजाय तोकीएको थियो । उनी फरार रहेका थिए ।

उनलाई ईलाका प्रहरी कार्यालय पालुङ खटिएको प्रहरी टोलिले थाहा नगरपालिका ३ शिखरकोट बजारबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

उनलाई कैद भुक्तानको लागि भीमफेदी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)