Tuesday, 16th June, 2026
वि.स.

लागूऔषध गाँजासहित हेटौंडाबाट तीन जना पक्राउ

pakrau-1594374859.jpg

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ चिसापानी चोकबाट प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लागूऔषध गाँजासहित हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ५८ वर्षीय रामबहादुर भोलनसहित ३ जनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका अन्य दुई जनाको भने नाम खुलाएको छैन ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिए प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धानको साथै कानूनी कारबार्ही गरिरहेको जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०