Saturday, 20th June, 2026
वि.स.

लागूऔषधसहित टेम्पो चालक पक्राउ

pakarau-1616050198.jpg

सर्लाही प्रहरीले टेम्पोबाट विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

सदरमुकाम मलंगवा नगरपालिका–८ बाट विशेष सुराकीको आधारमा ज१ ह २८१४ नम्बरको टेम्पोभित्र राखिएको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पक्राउ पर्नेमा टेम्पो चालक मलगंवा ९ बस्ने ३५ वर्षीय दुखा राय रहेका छन् । उनलाई लुपिजेसिक ९१ थान, फेनारगन ९३ थान, डाइक्सेपाम ८८ थानसहित बुधबार साँझ पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०