Tuesday, 16th June, 2026
वि.स.

लागुऔषध गाँजा सहित मकवानपुरका ४ जना पक्राउ

123-1591256831.jpg

प्रहरीले रौतहटको मौलापुरदेखि जयनगर जाने मूल सडकखण्डको गोनाही चाेकबाट बिहीबार २० किलो गाजासहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका १२ पदमपोखरीका सागर लामा र अंकित लामा, मकवानपुरकै कैलाश गाउँपालिका–९ कुमलटारका विशाल लामा र हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङका नीरज लामा छन् । रौतहटको देवाहीगोनाहीस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मेदनीप्रसाद साहको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

गोनाही चौकमा चेकजाँचको क्रममा दुई मोटरसाइकलमा रहेका उनीहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक साहले जानकारी दिए । बा६४प ९३०७ र ना४५प ६३९८ नम्बरको मोटरसाइललाई रोकेर चेकजाँच गर्दा चार वटा झोलामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।

उक्त स्थानबाट लागूऔषध ओसारपसार हुने गरेको स्थानीयले गुनासो गरिरहेका थिए । स्थानीयकै सूचनाका आधारमा प्रहरीले केही दिनदेखि उक्त ठाउँमा निगरानी बढाएको प्रहरी निरीक्षक साहले जनाएका छन्।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०