Saturday, 20th June, 2026
वि.स.

लागुऔषध गाँजा सहित कैलाश गाउँपालिकाका एकजना पक्राउ

pakarau-1611486486.jpg

मकवानपुर प्रहरीले लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

मनहरी गाउँपालिका वडा नंबर ७ मनहरी बजार स्थित पुर्व पश्चिम सडक खण्डबाट शनिबार बिहान कैलाश गाउँपालिका वडा नंबर ४ बस्ने २१ वर्षीय रवि प्रजालाई प्रकाउ गरेको हो । ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको गस्ती टोलिले शंका लागी चेक जाँच गर्दा झोलाबाट लागुऔषध गाँजा ४ किलो फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गाँजा सहित पक्राउ परेका प्रजामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानापुरले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०